सरकारको निर्देशनमा पनि रोकिएन नदीजन्य वस्तुको जथाभावी दोहन
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २१:१८:३१
३ चैत, काठमाडौं । जुम्लाकोे तिला र हिमानदीमा जथाभावी नदीजन्य वस्तुको उत्खनन तथा दोहन भइरहेको छ ।
लामो समयदेखि स्काभेटर र डोजर प्रयोग गरेर उत्खनन भइरहे पनि कार्यविधि स्थानीय तहमा नहुँदा रोकावटमा समस्या भएको छ । तिला र हिमाका विभिन्न स्थानमा डोजर तथा स्काभेटरको प्रयोगले नदी खन्ने र जथाभावी ढुङ्गा, गिट्टी र बालुवा ओसारपोसार भइरहेको छ ।
जिल्ला समन्वय समिति र सरोकार निकाय अनुगमनमा गएर निर्देशन दिँदा पनि रोकिएको छैन । सङ्घीय सरकारले बनाएको नदी तथा खानीजन्य वस्तु उत्खनन कार्यविधिले आन्तरिक स्रोत व्यवस्थापन तथा अनुगमन निरीक्षणको जिम्मा जिससलाई दिएको छ । नदीजन्य वस्तु (ढुङ्गा, गिट्टी, बालुवा) खानी, उद्योग, प्राकृतिक स्रोत व्यवस्थापन तथा परिचालन गर्ने जिम्मेवारी जिससमा रहेको जनाइएको छ ।
अवैध उत्खनन भइरहेको समाचार र स्थानीयवासीको गुनासाका आधारमा जिससले धेरै पटक अनुमगन गरेको जिसस जुम्लाका उपप्रमुख कार्मा बुढाले जानकारी दिए । उनका अनुसार पहिलो अनुगमन गर्ने अधिकारअनुसार अनुगमन गरिएको र दोस्रो सङ्घीय सरकारको कार्यविधिअनुसार अघि बढ्दा अनुगमन मात्रै गर्ने तर कारवाहीको अधिकार नदिएकाले अवैध उत्खनन रोक्न चुनौती देखिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार