ताररहित बनाइँदै वीरेन्द्रनगर

नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २१:१४:२

३ चैत, सुर्खेत । सडक छेउमा रहेका अनावश्यक बिजुलीका तारले कुरुप देखिएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले ताररहित नगरपालिका बनाउने भएको छ । आगामी असार महिनासम्म ताररहित बनाएर सुन्दर नगरिको रुपमा विकास गर्ने नगरपालिकाले जनाएको छ ।
दुर्घटनाको जोखिमसँगै शहरलाई कुरुप बनाउने विद्युत्का खम्बा हटाएर तारलाई जमिनमुनि बिछ्याउने योजना बनाइएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा मुख्य बजार क्षेत्र रहेको वीरेन्द्र्रनगर–६ भित्रका खम्बा हटाउने तथा तार जमिनमुनि बिछ्याउने योजना बनाइएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताएका छन् ।
बिजुलीको खम्बा र तारले गर्दा बजार क्षेत्रको सडक साँघुरो हुने भएकाले दुर्घटनाको जोखिम बढेकाले यसलाई व्यवस्थित गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख ढकालले बताएका छन् । “चालु आवको अन्तिम अर्थात असारसम्म मुख्य बजार क्षेत्रको खम्बा र तार हटाएर ताररहित क्षेत्र बनाइने छ”, उनले भने, “बजार क्षेत्रका सडक बिजुलीका खम्बा र तारले साँघुरो बनाएका छन्, यसले दुर्घटनाको जोखिम बढ्दो छ ।”
वीरेन्द्रनगरको चालु आवको नगरसभाले यो योजनालाई नगरको महत्वको योजनाका रुपमा राखेको छ । शुरुमा मुख्य बजार क्षेत्रबाट यो योजना कार्यान्वयनका लागि अगाडि बढेको उपप्रमुख ढकालले बताए । “मानिसको आवतजावत बजार क्षेत्रमा धेरै हुने भएकाले सडकको अवस्था साँघुरो छ, दुर्घटना पनि पछिल्लो समय धेरै हुने गरेका छन् ।” उनले भने, “दुर्घटना कम गर्नका लागि बजार क्षेत्रको सडकलाई विस्तार गर्न यो बाहेक अरू विकल्प पनि छैन ।”
राष्ट्रिय योजना आयोगमार्फत नगपालिकाले यो योजनाको माग गरेपछि यसलाई आयोगले स्वीकृति दिएको थियो । नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीका अनुसार सङ्घीय सरकारले दिएको समपूरक अनुदानको ४० प्रतिशत बजेट यो योजनामा खर्च गरिनेछ भने बाँकी ६० प्रतिशत नगरपालिका आफैँले बेहोर्नेछ ।
योजना कार्यान्वयनका लागि रु चार करोड लाग्ने उपप्रमुख ढकालले जानकारी दिएका छन् । यसको ठेक्का तत्कालै नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा आह्वान गरिनेछ । मुख्य बजार क्षेत्रको व्यवस्थापनपछि क्रमशः अरू क्षेत्रमा पनि योजना अगाडि बढाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार