नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली टीकापुरमा
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २२:१४:५५
३ चैत, कैलाली । टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन शुरु गरेको छ । प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले शनिबार टीकापुर विमानस्थलको स्थलगत अध्ययन गरेको छ ।
प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर विमानस्थलको अवस्था राम्रो देखिएको बताएका छन् । “अब प्राविधिक टोलीले पूर्वसम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरिसकेपछि प्रक्रिया अगाडि बढ्छ”, श्रेष्ठले भने, “त्यसअघि स्थानीय सर्वपक्षीय सहमति आवश्यक रहेको छ ।”
टीकापुरमा विमानस्थल निर्माणको काम अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डानुसार हुने छ । आइकाओको मापदण्डानुसार एक हजार ८०० मिटरभन्दा लामा हवाई मैदानको चौडाइ पनि ३२० मिटर हुनुपर्नेछ तर टीकापुरमा रहेको विमानस्थलको क्षेत्रफल एक हजार दुई सय मात्र भएका कारण हवाई उडान गर्न कठिनाइ हुने भन्दै विमानस्थलको जग्गा गौचरनमा परिणत भएको छ ।
टीकापुरमा स्थानीय सरकार, टीकापुर उद्योग वाणिज्य सङ्घलगायतले टीकापुर विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई गत महिना सम्पन्न टीकापुर महोत्सवमा प्रमुख अतिथि बनाएर एक विमानस्थल बनाउन एकसूत्रीय माग राखेको थियो । मन्त्री भट्टराईले टीकापुरका जनताले जमीन उपलब्ध गराए सरकारले विमानस्थल बनाउने आश्वासन दिएको थियो ।
हालको टीकापुर विमानस्थल रहेको जमीनको क्षेत्रफल कम भएका कारण देखाउँदै उडान भर्न नसकेको अवस्थामा टीकापुर नगरपालिकाले खेलकूदका लागि छुट्याएको जमीनलाई विमानस्थल र विमानस्थलकोे जमीनलाई खेलकूद मैदान बनाउने सर्वपक्षीय बैठकबाट पारित भइसकेको छ ।
नगर प्रमुख तपेन्द्रबहादुर रावलले खेलकूदको जमीन विमानस्थलका लागि पर्याप्त हुन्छ भन्दै आफूहरु विमानस्थल सञ्चालनका लागि लागिपरेको बताएका छन् ।
उनले विगतमा सुकुम्वासीले कब्जा गरेर बसेको विमानस्थल खाली गराउन सफल भए पनि धावन मार्ग कम भएका कारण हवाई उडान गर्न नसकिएको बताउँदै प्राधिकरणको टोलीले हालको खेलकूदको जग्गा विमानस्थल सञ्चालनका लागि उत्तम रहेको जिकिर गरेका छन् । टीकापुरमा विमानस्थल सञ्चालन भए कैलालीको पूर्वी भाग र बर्दिया जिल्लाका बासिन्दालाई सहज हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार