समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २२:३६:१८
३ चैत, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारको समन्वयात्मक भूमिका हुनुपर्ने बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित प्रदेश विकास परिषद्को प्रथम बैठकको उद्घाटन गर्दै उहाँले सङ्घीयताको सफल कार्यान्वयनका लागि पनि तीनै तहको समन्वय हुनुको विकल्प नभएको बताएका छन् ।
प्रदेशको समग्र दिगो विकासलाई लक्षित गर्दै सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेश नीति तथा योजना आयोगका माध्यमबाट अल्पकालीन एवम् दीर्घकालीन योजना तय गरिएको बताएका छन् । प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासतर्फ अघि बढ्ने अहिलेको आवश्यकता भएकोमा जोड दिँदै उनले दक्ष जनशक्ति तयार गर्दै उनीहरुका सीप क्षमतालाई यही उपयोग गर्नुपर्ने बताएका छन् ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, उज्यालो प्रदेशलगायत विषय प्रदेशको प्राथमिकतामा रहेको बताउँदै उनले यिनीहरुको विकास विना समृद्धि र विकासको लक्ष्य हासिल हुन नसक्ने बताएका छन् ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको सारांश प्रस्तुत गर्दै यही योजनाका जगमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । यकिन तथ्याङ्कको अभावमा विकासका नीति तथा योजनाले सार्थकता पाउन नसक्नेमा जोड दिँदै उनले यस अवधिमा तथ्याङ्कको सङ्कलन विश्लेषण जस्ता कुरालाई प्राथमिकताका साथ अघि बढाइएको बताएका छन् ।
प्रत्येक स्थानीय तहले आप्mनो क्षेत्रभित्रका हरेक विषयमा यकिन तथ्याङ्क तयार गरेर मात्रै विकासका योजना तय गर्नुपर्नेमा उनको जोड छ । राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले नेपाल सरकारको पन्ध्रौ योजना र गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना बीचको सम्बन्धबारे प्रकाश पार्दै राज्यले लिएको आर्थिक वृद्धि दरको लक्ष्य प्राप्त हुने गरी अघि बढ्नुपर्ने बताएका छन् ।
दुईदिने बैठकमा गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा आर्थिक क्षेत्र, सुशासन र लोकतन्त्र, भौतिक पूर्वाधार, सामाजिक क्षेत्र लगायतको प्रस्तुतीकरण एवम् छलफल हुने प्रदेश नीति तथा योजना आयोगका सदस्य डा भीम ढुङ्गानाले जानकारी दिएका छन् ।
गण्डकी प्रदेशअन्तर्गतका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवम् विकास सम्बद्ध निकायका प्रतिनिधि सहभागी बैठकमा प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा स्वीकृतिका लागि पेश गर्दै पारित गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार