चालु अधिवेशनमा आठ विधेयक पारित, संसद् केही दिन स्थगन
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २२:४८:५९
३ चैत, काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशनमा हालसम्म प्रतिनिधिसभाबाट आठ विधेयक पारित भएको छ । त्यस्तै ३३ विधेयक प्रक्रियामा, ६ विधेयक दर्ता तथा एक विधेकयमाथि सैद्धान्तिक छलफल भएको छ ।
यस्तै १३ विधेयक विभिन्न समितिमा रहेका, विभिन्न तीन समितिको प्रतिवेदन सभामा पेश, एक सन्धि र दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको गाम्भीर्यतालाई हेरेर केही दिन संसद् स्थगन गरिएको स्पष्ट पार्दै उनले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए । सभामुख सापकोटाले राज्यका सबै अवयव र जनताको स्तरबाट एकजुट भएर कोरोनाका विरुद्ध लाग्नुपर्ने अवस्था आएको बताए ।
दलहरुबीच सहमति हुनेबित्तिकै उपसभामुख निर्वाचन
सभामुख सापकोटाले दलहरुबीच सहमति हुनेबित्तिकै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । उपसभामुख निर्वाचनका लागि आफूले संसदीय दलका उपनेतासँग कुरा गरिरहेको र यो विषय छलफलकै चरणमा रहेको पाएको जानकारी दिए ।
उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै माघदेखि उपसभामुख पद रिक्त छ । उपसभामुखका सम्बन्धमा दलहरुबीचमा सहमति जुट्न सकेको छैन ।
सभामुख सापकोटाले राष्ट्रियसभाका अध्यक्षको परामर्शमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगीलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी तोकिएकोसमेत बताए । “महासचिवको अनुपस्थितिमा यसअघि पनि उनले नै कावा महासचिवका जिम्मेवारी सम्हाल्दै आएका थिए, अध्यक्षसँगको परामर्श र ज्येष्ठताका आधारमा योगीलाई महासचिवको जिम्मेवारी तोकिएको हो”, उनले भने ।
प्रतिनिधिसभाका महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि सेवानिवृत्त भएसँगै सभामुख सापकोटाले प्रतिनिसिभाका सचिव योगीलाई आजदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म महासचिवको जिम्मेवारीको तोक्नुभएको थियो ।
समितिको बैठकमा सहज पुहँच मिलाउँछु
केही संसदीय समितिका बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले त्यसका लागि आफूले छलफल थालेको बताए ।
“समितिको बैठकमा सञ्चारकर्मीको सहज पुहँचका लागि म लागिपरेको छु”, उनले भने, “सञ्चारकर्मीलाई पहुँच होस् भन्ने नै हो, यही विषयमा समितिका सभापतिसँग कुराकानी गर्नेछु ।” समितिको कामकारवाहीलाई प्रभावकारी बनाउने विषयमा आफूले यही बुधबार प्रतिनिधिसभाअन्तर्गतका सबै समितिका सभापतिसँग छलफल राखेको जानकारी दिए । आन्तरिक व्यवस्थापनका विषयमा लाग्दा आफूले विभिन्न समितिमा गैरसरकारी संस्थाको पुहँचका बारेमा सोच्न नभ्याएको उनको प्रस्टोक्ति थियो । चालु अधिवेशन अन्त्य गर्ने विषय छलफलकै चरणमा रहेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार