पाँच गते भित्र सम्पूर्ण परिक्षा सक्न आदर्श माविलाई गल्याङ नगरपालिकाको निर्देशन
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २३:२३:१
३ चैत,गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले यही चैत्र पाँच गतेभित्र विद्यालयमा परीक्षा सक्न गल्याङको आदर्श आवासीय माध्यमिक विद्यालयलाई पुनः निर्देशन दिएको छ ।
गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गल्याङमा रहेको आदर्श आवासीय माध्यमिक विद्यालयलाई पाँच गते भित्र नै परिक्षा सक्न फेरी निर्देशन दिएको हो । यसअघि फागुन २० गते नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार फागुन २३ गते बसेको प्रधानाध्यापकको बैठकले चैत्र पाँच गतेसम्ममा परीक्षा सक्न तालिका दिएको थियो ।
नगरपालिका शिक्षा समितिको निर्देशनको अवज्ञा गर्दै आदर्श आवासीय माध्यमिक विद्यालयले चैत्र २ गते देखि मात्रै परीक्षा सुरु गरी चैत्र नौ गते सक्ने तालिका तय गरेको थियो । नगर शिक्षा शाखाले चैत्र २ गते आइतबार विद्यालयलाई निर्देशन दिदै पाँच गते भित्र नै सक्न निर्देशन दिएको हो ।
शिक्षा शाखाका प्रमुख उपसचिव केदारराज आचार्यले दिएको निर्देशन पत्रमा पाँच गते भित्र नै परिक्षाका सम्पूर्ण कार्यक्रम पुरा गर्न भनिएको छ । स्वास्थ्यमा आउन सक्ने जोखिम न्युनिकरणका लागि केन्द्र सरकारको निर्देशनसँगै नगरपालिकाले पाँच गते भित्र परीक्षा सक्ने तालिका सार्वजनिक गरेको थियो । कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउनुपर्ने भएकाले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
यसअघि विद्यालयले पाठ्यक्रम नसकिएको र विद्यालयमा आन्तरिक समस्या रहेको भन्दै तोकिएको मितिमा परीक्षा पुरा गर्न नसकिएको स्पष्टिकरण दिएको थियो । विद्यालयका प्रिन्सीपल कुलप्रसाद लामिछानेले शिक्षा शाखालाई बुझाएको स्पष्टिकरण पत्रमा असहज परिस्थिति सिर्जना भएमा परीक्षा स्थगीत गरी अनुकुल समयमा परीक्षा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार