राष्ट्रियसभाद्धारा ‘रेडियोधर्मी विधेयक’ पारित
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २३:२८:१
३ चैत, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेको थियो । विधेयक विसं २०७५ पुस ८ गते संसद्मा दर्ता भएको थियो ।
त्यसैगरी बैठकले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
उक्त विधेयक गतवर्ष चैतमा संसद्मा दर्ता भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रियसभामा पुनः आएको हो । बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षासम्बन्धी विभिन्न ऐनमा एकरुपता कायम गर्न र नेपालको संविधान अनुकूल बनाउन आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिएका छन्।
अध्यागमन विधेयक विधायन समितिमा
राष्ट्रियसभाको आजको बैठकले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाकातर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार