खानेपानी र ढल विधेयक छुट्टै बनाउन सांसदको माग
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २३:४२:२०
३ चैत, काठमाडौं । खानेपानी र ढलको पाइपसँगसँगै नराख्न एवं विधेयक समेत फरक बनाउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधेयकको दफावार छलफलका क्रममा सांसदहरुले खानेपानी र ढलको पाइप सँगसँगै राख्दा ढल खानेपानीमा मिसिएका उदाहरणलाई विधेयक मस्यौदा गर्दा स्मरण गरिनुपर्नेमा जोड दिएको हो ।
बैठकमा सांसद राजेन्द्रकुमार केसीले ढलसँग मलमूत्र पनि जोडिने भएकाले खानेपानी र ढललाई एकै ठाउँमा राखे राजधानीका काठ क्षेत्रमा बस्ती बढ्दै जाँदा थप समस्या हुने भएकाले अहिल्यै सचेत हुनुपर्नेमा ध्यानाकर्षण गराएको छ । मुख्य शहरी क्षेत्रमा खानेपानी र ढलसँगै हुँदा आइपरेका समस्या विधेयकमै समाधान गरिनुपर्ने सांसदहरुको भनाइ थियो ।
“खानेपानी विधेयकमै ढल व्यवस्थापनको विषय राखिनुहुँदैन, यसका लागि अर्को छुट्टै विधेयक ल्याइनु जरुरी छ, एउटै विधेयकमा दुवै विषय समेट्दा खानेपानीमा ढल मिसाउन दिए जस्तो सन्देश जान्छ”, उनले भने ।
सांसद सञ्जयकुमार गौतमले टोल सुधार समिति, सडक उपभोक्ता समिति जस्ता वैधानिक हैसियत नभएका निकायले ढल विच्छ्याउदा खानेपानीका पाइप भए नभएको कुरालाई बेवास्ता गर्ने गरेको बताएका छन् । “व्यक्तिले घर निर्माणका लागि वडाबाट अनुमति लिनुअघि नै सडक, खानेपानी र ढलको व्यवस्था गरिएको हुनुपर्छ, स्थानीय तहलाई यस किसिमले काम गर्न निर्देशित गरिनुपर्छ”, उनले भने ।
सांसद गणेशकुमार पहाडीले खानेपानी विधेयकमा औद्योगिक क्षेत्रलाई आवश्यकपर्ने अप्रशोधित पानीको व्यवस्था गरिन नहुने बताएका छन् । यो व्यवस्थाको फाइदा उठाउँदै कम गुणस्तरको पानी खानेपानी हो भन्दै बिक्री वितरण हुनसक्ने भएकाले कानून निर्माणकै चरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सांसद रामबहादुर विष्टले पानी नै नआउने राजधानीलगायत शहरी क्षेत्रमा गुणस्तरीय पानीको मापन कसले गर्ने भन्ने नै अस्पष्ट रहेकाले विधेयकमा स्पष्ट गरिनुपर्ने सुनाएका छन् । जलस्रोतको दोस्रो धनी देशको सरकारले जनतालाई स्वच्छ पानीको व्यवस्था गर्न नसक्नु दुःखद् भएको उनको गुनासो थियो ।
सांसद जीपछिरिङ लामाले खानेपानीका लागि निवेदन दिएको १५ दिनमा धारा जडान गर्ने व्यवस्था गरिनुपर्ने बताएका छन् । सांसद टोपबहादुर रायमाझीले आफूले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा १५ दिनदेखि खानेपानीका लागि धाइरहे पनि काम हुन नसकेकाले कर्मकाण्डी पारामा काम भइरहेकोमा आपत्ति जनाएका छन् ।
सांसद अनिलकुमार झाले विधेयकमा तोकिए बमोजिम हुने भनेर धेरै विषय लेखिएको उल्लेख गर्नुहुँदै ऐन बनेको तीन महिनाभित्र त्यसलाई स्पष्ट पार्न नियमावली बन्नुपर्ने माग गरे । बैठकमा सांसदहरु केदार सिग्देल, आशाकुमारी विक लगायतले पानीको मुहान संरक्षण, मुहानमाथिको बस्ती व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले पहिले खानेपानीको नियमन जलस्रोत ऐनले नै गर्दै आएकामा आवश्यकता महसुस भएर विधेयक बनेजस्तै भविष्यमा ढल व्यवस्थापनका लागि पनि छुट्टै कानून बनाइने प्रतिबद्धता जनाएका छन् । विधेयकमा खानेपानी र ढलको विषय मिसिए पनि स्थलगत रुपमा खानेपानीमा ढल नमिसाइएको उनको भनाइ छ । समिति सभापति कल्याणीकुमारी खड्काले विधेयकको दफा २४ सम्मको छलफल सकिएको जानकारी दिदै मङ्गलबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार