गाउँपालिकामा बम विस्फोट, जनप्रतिनिधि र स्थानीय त्रसित
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार २३:४४:५५
३ चैत मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराइएको छ । अज्ञात समूहद्वारा कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो ।
सिसिटिभीको निगरानी भए पनि कार्यालय परिसर नजिकै बम विस्फोट हुन सुरक्षा चुनौती बढेको छ । प्रहरी चौकी कार्यालय र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा बम विस्फोट गराएपछि जनप्रतिनिधि र स्थानीय त्रसित बनेका छन् । अज्ञात समूहले आज बिहाज कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा बम विस्फोट भएको प्रहरी प्रमुख भट्टराइले राससलाई बताए । गाउँपालिकाको ढोकाभन्दा ५० मिटरको दूरीमा बम विस्फोट गराइएको हो ।
बम विस्फोट गराउने समूहले जिम्मा नलिएकाले अज्ञात समूह भनिए पनि विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्लामा चन्दा आतङ्क मच्याइरहेको स्रोतका दाबी छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराइले गाउँपालिको ढोकामा बम विस्फोट गराएको बताए । तीन साताअघि मात्र जिल्ला प्रहरी कार्यालय नजिकै पीसविनको कार्यालयको ढोकामा बम राखिएको थियो ।
जिल्लामा बम राख्ने, चन्दा असुली गर्ने, फोनबाट धम्की दिने जस्ता गतिविधि बढेपछि सुरक्षा चुनौती बढेको छ । प्रहरीले शङ्कास्पद व्यक्तिको मोबाइल टाइयापिङ गरिरहेको भए पनि गतिविधि रोक्न नसकेको अवस्था छ । गाउँपालिका केन्द्र रहेको जुड्डीमा फोन सम्पर्क नभएकाले विस्तृत विवरण आइसकेको छैन ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बम विस्फोटबाट गाउँपालिका र अन्य मानवीय क्षति नभए पनि स्थानीय त्रसित बनेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात
कात्तिक २१, २०८१ बुधबार