कालोबजारी गर्ने एउटै समूहबाट १० लाख मास्क बरामद, पाँच जना पक्राउ
नेपालबहस संवाददाता
चैत ३, २०७६ मंगलबार २:२९:३३
३ चैत काठमाडौं । कोभिड १९– को सङ्क्रमणको जोखिम रहेका बेला मास्क कालोबजारी हुन थालेपछि नेपाल प्रहरी त्यस विरुद्ध सक्रिय भएको छ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुबाट १० लाख आठ हजार थान मास्क र बा ७ च ७२६३ नम्बरको गाडी बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।
पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई ललितपुर ईमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा गढीमाई घर भई काठमाडौं कपन बस्ने ३४ वर्षीय सञ्जय रेग्मी, चितवन रत्ननगर नगरपालिका घर भई काठमाडौँं स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मियाँ, आरडिजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक काठमाडौं महानगरपालिका– २३ बस्ने २४ वर्षीय सुरज गोयल र सोही सप्लायर्सका सञ्चालक भारत राजस्थान घर भई काठमाडौँ बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न नागरिकलाई अनुरोध भइरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधिजन्य सामानको कृत्रिम अभाव खडा गरी कालोबजारी भइरहेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कपनस्थित मिलनचोकबाट उनीहरुलाई आइतबार साँझ एक लाख ६८ हजार थान मास्क र सो बेच्न प्रयोग भएको उक्त सवारी साधन बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा उनीहरुले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीस्थित घर भाडामा लिई आरडिजी इन्टरनेशनल सप्लायर्सका नाममा गोदाम सञ्चालन गरेको जानकारी प्राप्त भएपछि सो गोदाम आइतबार नै सिल गरिएको थियो । आज जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिको उपस्थितिमा सिल खोलेर हेर्दा थप आठ लाख ४० हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुले रु तीन रुपैयाँ २५ पैसा पर्ने उक्त मास्कलाई रु ३१ रुपैयाँ मूल्यमा बिक्री वितरण गर्न लागेको खुल्न आएको छ । उनीहरुलाई कालोबजारी तथा सामाजिक हित विरुद्धको अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । यसअघि शुक्रबार र शनिबार पनि प्रहरीले झण्डै दुई लाख मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
भरूवा बन्दुकसहित एक जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार