टुङ्गियाे दुई राप्रपाबीचको एकता
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १७:३६:१
४ चैत, पश्चिम नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पश्चिम नवलपरासीको एकता टुङ्गिएको छ । राप्रपा र राप्रपा (संयुक्त) बीच केन्द्रीयस्तरमा एकीकरण भएलगत्तै जिल्लाको एकता पनि सर्वसम्मत टुङ्ग्याइएको सो पार्टीले जनाएको छ ।
केन्द्रमा दुई राप्रपाबीच गत फागुन २८ गते एकीकरण घोषणा भएको थियो । एकीकरणपछि राप्रपाको जिल्ला अध्यक्षमा ओमबहादुर सिंह चयन भएका छन् । पार्टीका केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधानको उपस्थितिमा सोमबार परासीमा भएको जिल्ला समायोजन भेलाले साविक राप्रपा (संयुक्त)का जिल्ला अध्यक्ष सिंहलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
साविक राप्रपाका जिल्ला अध्यक्ष बाबुराम शर्मा पौडेल एकीकरणपछि पार्टीको जिल्ला उपाध्यक्ष चयन भएका छन् । तत्कालीन राप्रपा (संयुक्त)को २९ सदस्यीय र राप्रपाको १६ सदस्यीय जिल्ला समितिलाई समायोजन गरी ४५ सदस्यीय जिल्ला समिति बनाइएको राप्रपाका जिल्ला प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार नवगठित पार्टीको अन्य उपाध्यक्षमा किरण ज्ञवाली, सम्झना चौधरी, सञ्जय श्रीवास्तव, सचिवमा माधवलाल श्रेष्ठ, कोषाध्यक्षमा जनार्दन यादव तथा जिल्ला प्रवक्तामा सन्तोषकुमार पाण्डे चयन भएका छन् । जिल्लाको एकता सकिएकाले अब स्थानीय तहसम्मको एकतालाई पूर्णता दिँदै जाने प्रवक्ता पाण्डेले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार