राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सञ्चालन
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १७:५१:५६
४ चैत, कञ्चनपुर । भीमदत्त नगरपालिकाका १९ वटै वडामा राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत विवरण दर्ता कार्य शुरु भएको छ । विवरण दर्ताका लागि ९१ विवरण दर्ता अपरेटर छनोट गरी परिचालन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणप्रसाद उपाध्यायका अनुसार १९ वटा घुम्ती केन्द्रमार्फत विवरण दर्ताको कार्य सञ्चालन गरिएको छ । जिल्लामा परिचयपत्रका लागि एक लाख ९८ हजार नागरिकको विवरण दर्ता गर्ने लक्ष्य लिइएको छ । “हालसम्म जिल्लामा १० हजार २६५ जनाको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भई एक हजार ६०० बायोमेट्रिक स्मार्टकार्ड कार्यालयमा प्राप्त भएको छ” सहायक प्रजिअ उपाध्यायले भने।
भीमदत्त नगरपालिका–१८ बाट विवरण दर्ता अभियानको शुभारम्भ गरिएको छ । जेष्ठ नागरिक ८४ वर्षीय खिमानन्द कँडेल, ७२ वर्षीय नन्दादेवी पाण्डेय र निजामती कर्मचारी मानबहादुर बोहरालाई परिचयपत्र हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट, राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक जीतेन्द्र बस्नेत र निर्देशकद्वय शिवराज जोशी र सुवास ढकालले संयुक्त रुपमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार