असिनाले बेमौसमी तरकारी नष्ट, १० करोडभन्दा बढीको क्षति
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १८:८:४९
४ चैत, काठमाडौं । बेमौसमी तरकारी खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको कपुरकोट गाउँपालिकामा परेको असिनाले तरकारी तथा खाद्यबालीलाई पूर्णरूपमा क्षति पु¥याएको छ । गाउँपालिकाका सबै क्षेत्रमा असिना परेर बेमौसमी तरकारी नष्ट पारेको कपुरकोट गाउँपालिका–१ बाँजबोटका बमबहादुर कुँवरले जानकारी दिए ।
“असिनाले १४ रोपनीमा लगाएको बेमौसमी तरकारी पूर्णरूपमा क्षति भएको छ, असिनाले वर्षभरिको आम्दानीको बाटो बन्द भएको छ ।” उनले भने । कुँवरका अनुसार बाँजबोटमा रहेका २० घरपरिवारको करिब २०० रोपनीमा लगाएको तरकारी बाली नष्ट भएको छ ।
खुर्सानी, टमाटर, भेडेखुर्सानी, लसुन, काँक्रा, तितेकरेलालगायतका तरकारीमा पूर्णरुपमा क्षति पु¥याएको कृषक ओजबहादुर खड्काले जानकारी दिए । “मैले १३ रोपनीमा तरकारी खेती गरेको थिएँ, अहिले असिनाले पूरै सखाप पारेको छ, बारीबाट एक केजी तरकारी आउने अवस्था छैन, परिवारको गर्जो कसरी टार्ने आम्दानीको बाटो बन्द भयो”, उनले भने ।
कपुरकोट–३ पाखापानीका किसान भीमबहादुर बुढाले आफ्नो रु एक लाख ५० हजार बढीको तरकारी खेतीमा क्षति पुगेको जानकारी दिए । “हाम्रो मुख्य पेशा भनेको यही तरकारी खेती थियो, छ रोपनीमा लगाएको काउली, टमाटर र केराउबाली सबै खत्तम भयो”, उनले भने । कपुरकोट–५ का किसान पूर्भान पुनको फलफूल खेतीमा पनि क्षति पुगेको छ । असिनापानीले तरकारीको नर्सरी, प्लास्टिक घरको प्लास्टिकमा समेत क्षति पु¥याएपछि कृषक चिन्तित बनेका छन् ।
गाउँपालिकाका रिम, सिनवाङ, लेकसल्लामा, सारपानी गर्पा, धनबाङ, मूलपानीलगायतका क्षेत्रमा क्षति पु¥याएको कपुरकोट गाउँपालिाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । “तरकारीको बेर्ना बारीमा भर्खर सार्ने बेला भएको थियो, ठूलो असिना परेर सबै बालीनालीमा ठूलो क्षति पु¥याएको छ, यसबारेमा कसरी अगाडि बढ्ने भन्ने छलफल गरेर अगाडि बढ्छौँ”, सेनले भने । करिब रु १० करोडभन्दा बढीको क्षति भएको अनुमान छ, अब सबै तथ्याङ्क सङ्कलन गरेपछि यथार्थ विवरण आउँछ अनि गाउँपालिाकाले रणनीति तयार गर्ने छ”, अध्यक्ष सेनले भने ।
बेमौसमी तरकारीका लागि प्रसिद्ध कपुरकोट क्षेत्रमा क्षति पु¥याएपछि उत्पादन घट्ने निश्चित भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै कपुरकोट क्षेत्रबाट करिब रु ३४ करोड बराबरको बेमौसमी तरकारी निर्यात भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार