उचित मूल्य नपाएपछि अदुवा कृषक चिन्तित
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १८:२०:५०
४ चैत, काठमाडौं । तनहुँका व्यावसायिक अदुवा कृषक उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् ।
आवश्यक मूल्य नपाएपछि घरपरिवार चलाउनसमेत समस्या भएको अदुवा कृषक ऋषिङ गाउँपालिका–३ रिजालडीका टेकबहादुर आलेले बताए । “अदुवाको मूल्य सस्तो भएकाले घरव्यवहार चलाउन समस्या भएको छ ”, उनले भने, “अदुवा बिक्री गरेर घर खर्च चलाउने, चामल तरकारी किन्ने गरे पनि अहिले बजार मूल्य नपाएपछि समस्या भएको छ ।”
अदुवाले मूल्य नपाएपछि केही कृषकले सुठोसमेत बनाउने गरेका छन् । आलेको यस वर्ष दुई सय धार्नी अदुवा उत्पादन भएको छ । अदुवाको बिक्री गाउँमै भए पनि निकै संस्तो मूल्यमा बेच्नुपरेको उनको भनाइ छ । बजारमा ग्राहकलाई व्यापारीसँग करीब रु चार सय धार्नीमा अदुवा किन्नुपर्ने बाध्यता रहे पनि कृषकले भने एक धार्नीलाई रु एक सय ३० मा बिक्री गर्नुपरेको कृषक आलेले बताए । जिल्लाका ऋषिङ, भिमाद, घिरिङ, देवघाट गाउँपालिकालगायत एक दर्जन पालिका अदुवा खेतीका लागि मुख्य क्षेत्र मानिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार