बैतडीमा २२ छात्र र पाँच छात्रा एसइई दिनबाट वञ्चित
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २०:१:५६
४ चैत, बैतडी । बैतडी २७ जना विद्यार्थी एसइई परीक्षा दिनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका कारण २२ छात्र र पाँच छात्रा गरी २७ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका अनुसार ७५ प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेमा २७ जनाको हाजिरी नपुगेकाले मापदण्डअनुसार उनीहरू परीक्षा दिन अयोग्य भएका हुन् । यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा बैतडीबाट पाँच हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् ।
नियमित, ग्रेड वृद्धि र प्राविधिक धारका गरी जिल्लामा पाँच हजार ६९४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक एवं सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिएको छ । उनका अनुसार नियमिततर्फ दुई हजार ५५३ छात्र र दुई हजार ६४५ छात्रा गरी पाँच हजार १९८ परीक्षार्थी रहेका छन् ।
त्यस्तै ग्रेड वृद्धितर्फ १७५ छात्र र ३२१ छात्रा गरी जम्मा ४९६ परीक्षार्थी रहेका छन् । यस्तै प्राविधिक धारतर्फ नियमित र ग्रेड वृद्धि गरी जम्मा १२४ जना परीक्षार्थी रहेका छन् । यसमा ९१ छात्र र ३३ छात्रा रहेका सूचना अधिकारी शर्माको भनाइ छ ।
चैत ६ गतेबाट सञ्चालन हुने परीक्षाका लागि जिल्लामा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेड वृद्धि गर्ने र प्राविधिक धारका विद्यार्थीको परीक्षा भने वीरेन्द्र मावि शाहीलेकमा हुने शर्माले बताए । जिल्लाभित्र रहेका ११९ सामुदायिक विद्यालय चारवटा संस्थागत र एक खुल्ला गरी कूल १२४ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने बताइएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार