सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउनु हुदैन : सभामुख भण्डारी
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २३:५:२९
४ चैत, काठमाडौं । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट चलिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पदाधिकारीहरुसँगको भेटघाटको अवसरमा सभामुखले सो कुरा बताएका हुन् ।
सो अवसरमा महासङ्घका उपाध्यक्ष विपुल पोखरेल, सचिवद्वय शितलप्रसाद महतो र रामप्रसाद दाहाल सहभागी हुन्छन् । सञ्चार सम्बन्धमा बन्ने कानूनप्रति सभामुखको ध्यानाकर्षण गराउने उद्देश्यले भएको सो भेटमा सभामुख भण्डारीले यस प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने विधेयक सञ्चारमैत्री हुने विश्वास दिलाएकका छन् ।
उनले जनतालाई सुसूचित एवं सचेतना गर्ने सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउने सोच नरहेको प्रष्ट पारेका छन् । सभामुख भण्डारीले संसद् व्यवस्थित रुपमा सञ्चालन भइरहेको र प्रदेश नं–१ को राजधानी विराटनगर कायम भइसकेको जानकारी दिँदै सम्भवतः चालु अधिवेशनबाटै प्रदेशको नामकरण हुने प्रस्ताव संसद्मा पेश हुने विश्वास दिलाएका छन् ।
उपाध्यक्ष पोखरेलले राजनीतिक दलहरुले निर्वाचनको समयमा जारी गरेका घोषणापत्रसँग सम्बन्धित रहेर कानून निर्माण गर्न सकेमा आमजनता लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।
सचिव महतोले प्रदेश नं १ मा सञ्चारसम्बन्धमा बन्ने कानून अरु प्रदेशको लागि प्रेरणा बन्न सकोस् भनेका छन् । अर्का सचिव दाहालले प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने कानून सञ्चारमैत्री हुनुपर्ने भन्दै सरकारले कानून निर्माण गर्दा अन्तरराष्ट्रिय सन्धि, सम्झौता, संविधानमा भएको प्रावधान र अधिकार उपभोगमा सङ्कुचन नहुनेतर्फ केन्द्रित रहनुपर्ने कुरामा जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार