बीमासम्बन्धी विधेयकमा दफावार छलफल जारी
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २३:२५:५६
४ चैत काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल जारी छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले बीमासम्बन्धी नियामक निकायलाई सुदृढ तुल्याउने तथा बीमा प्राधिकरणलाई सशक्त निकायका रूपमा स्थापना गर्ने परिकल्पना विधेयकले गरेको जानकारी दिएका छन् ।
विधेयकका प्राविधिक पक्ष तथा अन्य सैद्धान्तिक विषयका अस्पष्टताबारे प्रष्ट गर्दै मन्त्री खतिवडाले बीमा क्षेत्रको विस्तारका मान्यतालाई विधेयकले समेटेकाले छिटपुट बुँदामा संशंोधन आवश्यक भए पनि समग्रमा त्यो बदलिँदो परिवेशमा उपयुक्त भएको बताएका छन् । विधेयकमा प्रतिनिधिसभा सदस्यले ८५ बुँदे संशोधन प्रस्ताव पेश गरेका छन् ।
आजको बैठकमा बीमा बजार विस्तार, पुनर्बीमा, पूँजी बजार प्रवद्र्धन, बीमा व्यवसाय सञ्चालन, बीमा करार, बीमा शुल्क, साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने, सम्पत्तिको भोगचलन गर्ननहुने, बीमा कार्यक्षेत्र, बचतको बाँडफाँट खुदसम्पत्तिको आधारमा जोखिम स्वीकार, सहायक कम्पनीमा लगानी, सम्पत्ति बेचबिखन गर्दा नियामक निकायको स्वीकृति लिनुपर्ने व्यवस्थाबारे छलफल भएको थियो ।
त्यसैगरी लघु बीमा, बीमा दाबी, नियामक निकायको दायरा विस्तार गर्ने, अनिवार्य जगेडा कोषमा चुक्तापूँजी तोक्ने, बिमकको सम्पत्ति दायित्वको मूल्याङ्कन विदेशी बीमा कम्पनीले नेपालमा संयुक्त लगानीमा खोल्न वा शाखा कार्यालय स्थापना पाउनेलगायत विषयमा दफावार छलफल भएको थियो । समितिको अर्को बैठक यही चैत ६ गते हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार