स्वास्थ्य परीक्षण अनिवार्य गराउन शिक्षक महासङ्घकाे माग
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार २३:५०:३०
४ चैत, काठमाडौं । नेपाल शिक्षक महासङ्घले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ ।
महासङ्घका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको ‘कोभिड–१९’ लाई सामना गर्दै परीक्षा सञ्चालनको विकल्प नभएकाले त्यसप्रति होसियारी हुन विद्यार्थीलाई परीक्षा हलमा प्रवेश गराउनुपूर्व स्वास्थ्य परीक्षण गर्न/गराउन सरकार र शिक्षक समुदायलाई सुझाएको बताएका छन् ।
अध्यक्ष थापाले महासङ्घको सोमबार सम्पन्न राष्ट्रिय कार्यसम्पादन समितिको बैठकले परीक्षालाई सतर्कतापूर्वक सञ्चालन गर्न सघाउने निर्णयसहित स्वास्थ्य परीक्षण अनिवार्य गराउन माग गरेको जनाएको छ । सो परीक्षामा साधारण र प्राविधिकतर्फ गरी चार लाख ८२ हजार २ विद्यार्थीले आवेदन दिएका छन् भने र एक हजार ९९४ परीक्षा केन्द्र तेकिएको छ ।
ललितपुरको रुद्रायणी मावि, खोकना परीक्षा केन्द्रका केन्द्राध्यक्षसमेत रहनुभएका अध्यक्ष थापाले परीक्षाका क्रममा विद्यार्थीलाई कुनै हतोत्साहित नगरी मर्यादित बनाइने पनि स्पष्ट गर्नुभयो । उनले परीक्षापछि पढाइ नहुने भएपनि कोरोनाका कारण विद्यालयमा शिक्षकलाई विदा दिनुनपर्ने सो अवधिमा शिक्षकले आगामी शैक्षिक सत्रको योजना तर्जुमा गर्न सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार