नौ महिनादेखि तलब नपाएपछि गुप्तेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी
नेपालबहस संवाददाता
चैत ४, २०७६ बुधबार ०:२७:५
४ चैत, पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीले क्याम्पस प्रशासनमा ताला लगाएका छन् । नौ महिनादेखि तलब नपाएको र क्याम्पस प्रशासनले विनियमअनुसार सञ्चालन नभई प्राध्यापकका सेवासुविधामा विभेद् गरेको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् ।
क्याम्पसमा अध्यापनरत २२ प्राध्यापक र पाँच कर्मचारी आन्दोलित बनेका हुन् । नौ महिनासम्म तलब नपाउँदा पनि क्याम्पस प्रशासन र सञ्चालक समिति गैरजिम्मेबार बन्दै गएको उनीहरुको आरोप छ । सोसँगै क्याम्पसमा छोटो अवधिसम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधा र २० वर्षसम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधामासमेत विभेद् भएको आन्दोलित प्राध्यापक तथा कर्मचारीले आरोप लगाएका छन् ।
तालबन्दीपछि क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्य प्रभावित बनेका छन् । तालाबन्दी गरे पनि प्राध्यापकले अध्यापन भने रोकेका छैनन् । “हाम्रा समस्याका कारण विद्यार्थीको भविष्य बिगार्ने काम गर्दैनौँ”, एक प्राध्यापकले भने, “क्याम्पस प्रशासन र सञ्चालक समितिले माग सुनुवाइ नगरेसम्म हामी क्याम्पस प्रशासनलाई सञ्चालन गर्न दिँदैनौँ ।” उनले लामो समयसम्म समस्या दर्शाउँदा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको गुनासो गरेका छन् ।
यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीले भने क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीको समस्या समाधानका लागि प्रयास भइरहेको बताएका छन् । “विद्यार्थीको सङ्ख्या घटेसँगै क्याम्पस सञ्चालनमा कठिनाइ भइरहेको छ”, उनले भने, “अन्य सहयोगी निकायबाट समेत क्याम्पसलाई सहयोग आउन नसक्दा प्राध्यापक कर्मचारीको तलब दिन सकेका छैनौँ ।” उनले नगरपालिकालगायत सहयोगी निकायबाट बेवास्ता भएकाले समस्या उत्पन्न भएको बताएका छन् । स्नातक तहसम्म अध्ययन हुने क्याम्पसमा अहिले २४० विद्यार्थी अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार