कोरोना सजगताका लागि कारागारमा भेटघाट बन्द
नेपालबहस संवाददाता
चैत ४, २०७६ बुधबार ०:२८:३३
४ चैत, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै कास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ ।
कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका प्रमुख गणेश गौतमले जानकारी दिए । उनका अनुसार आवश्यकताअनुसार कानून व्यवसायीका साथै कुनै अत्यावश्यकीय भोटघाट भने हुनेछ ।
“कोरोना सङ्क्रमण आइहाल्यो भने के गर्ने भन्नेबारे पूर्वतयारी गर्नका लागि पनि केही दिनका लागि भेटघाट बन्द गर्न लागेका हौँ”, गौतमले भने, “पूर्वसजगताकै लागि कारागारभित्र माक्स उत्पादन गर्न शुरु गरिएको छ ।” अहिले कारागारभित्रै दैनिक १०० देखि १५० सम्म माक्स उत्पादन भइरहेको र कैदीबन्दीलाई प्रतिमाक्स रु ३० मा उपलब्ध गराइएको छ । तयारीस्वरुप नै कारागारभित्र प्रत्येक ब्लकमा २० जनासम्म रहन सक्नेगरी ‘आइसोलेशन’ कक्ष निर्माण गर्न लागिएको उनले जानकारी दिए ।
कूल २४० जनाको क्षेमता रहेको कास्की कारागारमा हाल ८७० जना कैदीबन्दी रहेको प्रशासनले जनाएको छ । गण्डकी प्रदेश सरकारले कारोनाको सम्भाव्य जोखिम न्यूनीकरणका लागि अत्यावश्यक बाहेकका औपचारिक कार्यक्रम, भेला महोत्सव नगर्नु र बेलैमा सचेत हुन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार