थपिए एक हजार ७०५ पुनःनिर्माण लाभग्राही
नेपालबहस संवाददाता
चैत ४, २०७६ बुधबार ०:५७:५१
४ चैत, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १३ हजार ३८५ गुनासो सम्बोधन गरी एक हजार ७०५ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।
प्राधिकरणको कार्यकारी समितिको आज बसेको १३०औँ बैठकले ४८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ । योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित एक लाख ८९ हजार गुनासोमध्ये एक लाख ८२ हजार ३०१ को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार १७ हजार १०६ पुनःनिर्माण लाभग्राही र आठ हजार ३०८ प्रवलीकरण लाभग्राही कायम भएका छन् ।
बाँकी गुनासो यही चैत मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । कार्यकारी समितिले ३५९ प्रवलीकरण लाभग्राहीलाई पुनःनिर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ । गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्न उनले आग्रह गरे । आफू लाभग्राही भई अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभ ग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन समितिमा पुनरावेदन गर्न सक्ने छन् ।
यसका लागि उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जना कानून व्यवसायी र एक प्राविधिक गरी तीन सदस्यीय समितिको व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार