उपत्यकाका देवी देवता र मनुष्यलाई पशुपतिमा जात्रा हेर्ने निम्ता
नेपालबहस संवाददाता
चैत ४, २०७६ बुधबार १:४०:३८
४ चैत काठमाडौं । पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा शुरु भएको छ ।जात्राको पहिलो दिन आज पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमल यात्रा गरी यस क्षेत्रका देवी देवतालगायत स्थानीयवासीलाई जात्रा हेर्न निमन्त्रणा गरिएको छ । यस क्षेत्रका दुध खाने र साना रुने बालकालिकालाई पनि जात्रा हेर्न निम्ता गरिने भएकाले दुदु च्याँच्याँ नामकरण गरिएको भनाइ छ ।
देशोद्धार पूजा भनेरसमेत चिनिने जात्राको निम्ता गर्न पशुपतिका भट्टकै नेतृत्वमा पैदल यात्रा गर्नुपर्ने नियम रहेको कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए। यस वर्ष रामकारान्त भट्टको नेतृत्वमा निमन्त्रणा यात्रा शुरु भएको हो । आजदेखि १२ दिनसम्म पशुपति क्षेत्रमा यो जात्रा मनाइन्छ । जात्राका क्रममा बज्रेश्वरी, वत्सलेश्वरी, पिंगलामाई, गुह्येश्वरीलगायत देवीदेवताको रथ निकालिन्छ ।
देशोद्धार पूजा गरी चैत्र कृष्ण पक्षमा जात्रा चलाउन करिब २०० वर्ष अघि विश्वानन्द वैद्यले निजी गुठीका रुपमा पशुपति पारि तिलगंगाको १३ रोपनी जग्गा राखिदिएका थिए । यही जग्गाको आयस्ताले जात्रा चलाउने गरिएकामा पशुपति क्षेत्रको वृहत्तर विकासका लागि विसं २०७२ यो ठाउँ अधिग्रहण गरिएको हो । जग्गा अधिग्रहण गरी मोहीलाई मुआब्जा दिए पनि निजी गुठीलाई नदिएको काठमाडौँ महानगरपालिका–८ का पूर्ववडाध्यक्ष रहनुभएका गुठियार सुवर्ण वैद्यले बताए।
जात्रा चलाउने स्रोत नदिएर कोषले संस्कृति मास्न खोजेको उनको आरोप छ । जग्गाका मोहीलाई मुआब्जा दिएर जग्गा धनीलाई कोषले अन्याय गरेको उनले बताए । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा भने यस वर्ष जात्रा चलाउन विगत वर्षभन्दा १५ प्रतिशत बढी अर्थात् रु ३२ लाख ७१ हजार दिइएको बताउछन्।
पशुपतिमा यो जात्रा शुरु भएपछि नै उपत्यकामा घोडेजात्रा, विस्केट जात्रा, सिथि नख, सेतो र रातो मच्छेन्द्रनाथलगायत जात्रा शुरु हुने प्राचीन परम्परा रहेको छ । नक्साल भगवती र वत्सलेश्वरी दिदीबहिनी भएकाले दुवैको भेट गराउने अवसरका रुपा यो जात्रालाई लिने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामा गुरुबाट विशेष पूजा र मन्त्रोच्चारण गरी शीतलनिवासमा सोनाम ल्होसारको शुभारम्भ
माघ १५, २०८१ मंगलबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार