श्रीमानको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान
नेपालबहस संवाददाता
चैत ४, २०७६ बुधबार १:४४:४२
४ चैत, दमौली । श्रीमानको हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा पक्राउ परेकी ४० वर्षीया सम्झना कार्कीलाई अदालतले आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव पौडेलको आदेशबाट सम्झना पुर्पक्षमा लागि थुनामा गएको जिल्ला स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । सम्झनालाई प्रहरीले गत फागुन ८ गते पक्राउ गरेको थियो । रामबहादुरको गत माघ १७ गते हत्या भएको थियो । गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।
माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृतावस्थामा फेला परेका थिए । श्रीमान मृतावस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमानलाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । उनका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।
मृतक रामबहादुरले दैनिक मदिरा सेवन गर्ने गरेका थिए । घटनाको दिन पनि उनले मदिरा सेवन गरेर सुतेका थिए । मृतावस्थामा फेला परेका उनको घाँटीमा नीलो डाम देखिएपछि हत्या भएको हुन सक्ने प्रहरीलाई शङ्का थियो । उनको शवपरीक्षणमा सामान्य मृत्यु नदेखिएकाले प्रहरीले विस्तृतरुपमा घटनाको अनुसन्धान थालेको थियो । मृतकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
श्रीमानकाे मृत्युपछि सम्झनाले १३ दिने काजकिरियासमेत गरिसेककी थिइन् । घटना घटेपछि शुरुमा सम्झनाले मृतकको शवपरीक्षण गर्न आनाकानी गरेकी थिइन् । मृतकका अन्य आफन्तले शवपरीक्षण गर्नुपर्ने बताएपछि मृतकको शवपरीक्षण भएको थियो । प्रहरीले सम्झनालाई विभिन्न चरणमा सोधपुछ गर्दा निजले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
भरूवा बन्दुकसहित एक जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार