पनौतीमा कफ्र्यू जारी, शव परीक्षणमा सहमति
नेपालबहस संवाददाता
चैत ४, २०७६ बुधबार २:५१:६
४ चैत, बनेपा । टिप्पर चलाउने चालकलाई कडा कार्वाही गर्नुपर्ने मागसहित पीडित पक्षले शवपरीक्षण गर्न सहमति जनाएपछि टिप्परको ठक्करबाट मृत्यु भएको आमाछोरीको शवपरीक्षण गरिएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिप्परले ठक्कर दिएर पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।
बनेपाबाट पनौतीतर्फ गएको टिप्परले किचेको छोरी स्मारिका भ्लोनलाई बचाउन खोज्दा आमाको पनि मृत्यु भएकोमा चालक रोशी गाउँपालिका–२ का ३६ वर्षीय नवराज थापालाई पक्रेर कानून बमोजिम हदैसम्मको कार्वाही र मृतकको हकदारले कानूनबमोजिम पाउनुपर्ने क्रिया खर्च, क्षतिपूर्तिसमेत दिलाउन पीडितले जाहेरी दिएपछि शवपरीक्षणको प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले पीडित पक्षले दिएको जाहेरीका आधारमा शवपरीक्षणको प्रक्रिया र पीडकलाई कार्वाहीको प्रक्रिया अगाडि बढाएको बताए ।
बा५ख ५४८० नंको टिप्परले पनौती नगरपालिका–५ बसपार्कमा ठक्कर दिई घाइते भएका खानीखोला गाउँपालिका–१ बस्ने २७ वर्षीया जुनिमाया गोले र उनका तीन वर्षीया छोरी स्मारिका भ्लोनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । खानीखोला गाउँपालिका–१ स्थित कालीदेवी प्राथमिक विद्यालय हात्तीडाँडाको प्रधानाध्यापकसमेत रहेका जुनीमाया गोले आमाछोरी नै बिरामी भएर केही दिनअगाडि मात्रै उपचारका लागि पनौती आएको उनका बुबा जगतबहादुर गोलेले बताए । सोमबार गाउँ फर्कनका लागि आउने क्रममा सो घटना भएको जनाएको छ ।
सोही घटनालाई लिएर आज बिहान ९ बजेदेखि लगाएको कफ्र्यू भने परिस्थिति सहज नभएको भन्दै जारी राखिएको प्रशासनले जनाएको छ । शवपरीक्षण कार्य सकिए पनि मृतकका श्रीमान् छिरिङ भ्लोन वैदेशिक रोजगारको सिलसिलमा मलेसियामा रहेकाले उनी आएपछि मात्रै शव बुझ्ने पीडित पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात
कात्तिक २१, २०८१ बुधबार