वाणिज्य बैंकको २९ ‘एक्स्टेन्शन काउन्टर’ सञ्चालन
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १७:५६:३३
५ चैत काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औँ ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व सङ्कलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा रु एक हजार १०५ जम्मा गर्दै शाखाको कारोवार शुभारम्भ गरे ।
उनले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको बताए । प्रजिअ गौतमले भने, “धरौटी तथा राजश्व कार्यालमा काम गर्ने कर्मचारीले सङ्कलन गर्ने र भोलिपल्ट मात्रै जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ भने उक्त पैसाको दुरुपयोग हुने सम्भावनाको पनि अन्त्य भएको छ ।”
एक्स्टेन्शन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य भनेको राजश्व सङ्कलन गर्नु नै भएको राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीका प्रबन्धक खिलानाथ भट्टराईले बताए । उनले बिस्तारै उक्त काउन्टरबाट कर्मचारीको नगद जम्मा तथा चेक कारोवार, नागरिक लगानी कोषलगायत राजश्व सङ्कलन गरिने पनि उनको भनाइ छ ।
वाणिज्य बैंकले हाल देशका सातवटै प्रदेशका ७७ वटै जिल्लाबाट २३९ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ । बैंकका २०४ एटिएम र २८ वटा एक्सटेन्शन काउन्टरबाट सेवासमेत दिइरहेको छ । बैंकले २०७६ पुस मसान्तसम्म रु १९५ अर्ब निक्षेप सङ्कलन गरी रु १४७ अर्ब कर्जा प्रवाह गरेको सो अवसरमा जानकारी दिइयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार