राष्ट्रियस्तरका विकास बैंक मध्ये सबैभन्दा कमजोर कामना सेवा नै हो ?
आर्थिक संवाददाता
चैत ६, २०७६ बिहिबार १९:३९:५
६ चैत्र, काठमाडाैं । पोखरामा केन्द्रिय कार्यालय रहेको कामना विकास बैंक र बुटवलमा केन्द्रिय कार्यालय रहेको सेवा विकास बैंक एकआपसमा मर्ज भएर काठमाडौं भित्रिएको कामना सेवा विकास बैंक राष्ट्रियस्तरको कान्छो विकास बैंक हो ।
आक्रामक रुपमा शाखा विस्तार गरेको कुरालाई मात्र सफलताको रुपमा लगेको यस विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई ठूलाे धोका दिँदै आएको छ । राष्ट्रियस्तरका विकास बैंक मध्ये सबैभन्दा थोरै मुनाफा कमाउनेदेखि सबैभन्दा थोरै लाभांश दिने यस बैंकका संचालक, उच्च व्यवस्थापन तथा कर्मचारीहरूकाे तलब भत्ता शीर्षकमा भने राम्रै वृद्धि गरेको छ। आधार व्याजदर वृद्धि हुँदा ऋणीलाई बैंकमा कर्जा लिन महँगो पर्ने देखिन्छ ।
कामना सेवा विकास बैंक सञ्चालक र व्यवस्थापन समिति:
कामना सेवा विकास बैंकको अध्यक्षमा डिसहोमका सीईओ सुदीप आर्चाय रहेका छन् भने अन्य संचालकहरुमा भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदी रहेका छन् र यस्तै प्रमुख कार्यकारी अधिकृतमा प्रवीण वस्नेत तथा डीजीएमद्धयमा हरिप्रसाद लम्साल र टुवराज बास्तोला छन् ।
बैंकका ठुला शेयरधनी:
वि.स. २०७६ असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ० दशमलव ५ प्रतिशत भद्ना धेरै स्वामित्व रहेका २२ जना शेयरधनी रहेका छन् । जसमध्ये तुलसा पाण्डेको नाममा सर्वाधिक ५ लाख २३ हजार कित्ता शेयर रहेको छ ।
कम्पनीको लाभांशको इतिहास:
आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले १ दशमलव ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी ९ दशमलव ५ प्रतिशत लाभांश दिएको थियो । आर्थिक वर्ष ०७५/७६ को वार्षिक साधारणसभा सम्पन्न गर्दै विकास बैंकले ६ दशमलव ८० प्रतिशत नगद लाभांश दिएको थियो । यसरी सरसर्ती लाभांशको ईतिहास हेर्दा कम्पनीकाे लाभांशको दर घट्दो क्रममा छ ।
राष्ट्रियस्तरका विकास बैंक मध्ये सबैभन्दा थोरै लाभांश :
राष्ट्रियस्तरका विकास बैंक मध्ये आर्थिक वर्ष ०७५/७६ मा यस बैंकले सबैभन्दा थोरै लाभांश प्रस्ताव गरेको छ । राष्ट्रियस्तरका विकास बैंक मध्ये लुम्बिनी विकास बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश दिएको छ भने कामना सेवा विकास बैंकले सबैभन्दा थोरै ६ दशमलव ८० प्रतिशत लाभांश दिएको छ।
*प्रस्तावित
राष्ट्रिय स्तरका विकास बैंक मध्ये खुद मुनाफामा सबैभन्दा कमजोर :
चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणलाई आधार मान्दा राष्ट्रियस्तरका विकास बैंक मध्ये कामना सेवा विकास बैंकले सबैभन्दा थोरै खुद मुनाफा गरेको छ । कामना सेवा विकास बैंकले सबैभन्दा थोरै १४ करोड ८५ लाख खुद मुनाफा गरेको छ भने मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ४७ करोड २५ लाख खुद मुनाफा गरेको छ।
राष्ट्रिय स्तरका विकास बैंक मध्ये प्रतिशेयर आम्दानीमा सबैभन्दा कमजोर विकास बैंक :
चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणलाई आधार मान्दा कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा कमजोर छ । कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी ११ रुपैया ६८ पैसा छ भने शाईन रेसुंगाको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै २२ रुपैया ९२ पैसा रहेको छ।
कस्तो आयो दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा बैंकले १४ करोड ८५ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा विकास बैंकले १३ करोड ८१ लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ७ प्रतिशतको मात्र वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा भने आकर्षक वृद्धि :
अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ३७ करोड ९८ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ५७ करोड ४१ लाख खुद व्याज आम्दानी गरेको छ। यसरी खुद व्याज आम्दानीमा भने ५१ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ७ प्रतिशतले वृद्धि हुँदै २१ करोड ११ लाख पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले १९ करोड ६८ लाख संचालन मुनाफा गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले दोश्रो त्रैमासमा ४ करोड ९९ लाख कर्जा जोखिम शिर्षकमा व्यवस्थापन गरेकोमा चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ९ करोड ३५ लाख सो शिर्षकमा व्यवस्थापन गरेको छ ।
प्रतिशेयर आम्दानी निकै कमजोर :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६९ पैसा हुन आउँछ ।
नोट : चैत्र ४ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १२७ रुपैयाँ आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २७ अर्ब ४३ करोड निक्षेप संकलन गरी २३ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन २८ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह २४ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष बढ्यो , संचित मुनाफा घट्यो :
जगेडा कोष ११ प्रतिशतले वृद्धि हुँदै ५९ करोड ६ लाख पुगेको छ भने संचित मुनाफा ४५ प्रतिशतले कम हुँदै ९ करोड ५२ लाख पुगेको छ ।
निस्क्रिय कर्जा एक प्रतिशत माथि :
कम्पनीको खराब कर्जा १ दशमलव ३७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा १ दशमलव ६७ प्रतिशत थियो ।
आधार व्याजदर बढ्यो :
बैंकको आधार व्याजदर केही थोरै वृद्धि हुँदै ११ दशमलव ८६ प्रतिशत पुगेको छ। आधार व्याजदर वृद्धि हुँदा यस बैंकबाट कर्जाको लागत दिन प्रतिदिन वृद्धि हुँदै गएको बुझ्न सकिन्छ ।
स्प्रेडदर ५ प्रतिशत भन्दा माथि :
व्याजदर अन्तर ५ दशमलव ३३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ८६ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात १२ गुणा :
कम्पनीको चैत्र ४ गतेको बजार मूल्य १५१ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १२ दशमलव ९१ गुणा आउँछ ।
निष्कर्ष :
कामना सेवा विकास बैंक आम्दानीको हिसाबमा निकै नै कमजोर राष्ट्रियस्तरको विकास बैंकको रुपमा स्थापित भएको छ । व्याज आम्दानीमा निकै आकर्षक वृद्धि हुँदा समेत खर्चलाई नियन्त्रण गर्न नसक्दा बैंकको संचालन मुनाफादेखि खुद मुनाफामा सामान्य वृद्धि देखिएको छ । लाभांशको मामलामा लगानीकर्ताले हरेकपटक धोका पाउँदै आएका छन् । लाभांश क्रमश घट्दो क्रममा रहेको छ। आधार व्याजदर बढ्दो अवस्थामा छ। यसले गर्दा कामना सेवा विकास बैंकमा कर्जा लिँदा निकै महँगो पर्ने देखिएको छ ।
यस बैंकका संचालक, उच्च व्यवस्थापन तथा कर्मचारीहरूकाे तलब भत्ता शीर्षकमा भने बैंकले ८१ प्रतिशतको वृद्धि हासिल गर्न सकेको छ। गत आर्थिक वर्ष दोश्रो त्रैमासमा १२ करोड ८५ लाख सो शीर्षकमा खर्च गरेकोमा अहिले आएर सो शीर्षकमा खर्च २३ करोड २५ लाख पुगेको छ। कर्मचारी खर्च दिन प्रतिदिन वृद्धि हुँदै जाने तर मुनाफामा आकर्षक वृद्धि नहुँदा लगानीकर्ता निराश हुन थालेका छन् ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
हेलमेट डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने
जेठ १६, २०८१ बुधबार
सोलार प्यानल र आसपासको बस्ती
जेठ १६, २०८१ बुधबार
बिरुवामा नेपाली सेनाको दुईदिने निःशुल्क स्वास्थ्य शिविर
जेठ १६, २०८१ बुधबार
तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु
जेठ १६, २०८१ बुधबार
केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार
जेठ १६, २०८१ बुधबार
मर्मतपछि इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा
जेठ १६, २०८१ बुधबार