आयआर्जनको मुख्य स्रोत अल्लो, वार्षिक १० लाख आम्दानी
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १९:३५:५०
५ चैत मुसिकोट । बेरोजगारी समस्याका कारण धेरैजसो युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । कतिपय व्यक्तिले स्वदेशमै गरिएको लगानीले सोचेजस्तो फाइदा नहुने बताउने गरेका छन् तर रुकुम पश्चिममा भने केही महिला उद्यमीले अल्लोे व्यवसायबाट राम्रो आम्दानी गर्दैै आएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका–१ सल्लेमा रहेको छिपखोला अल्लो कपडाका महिला उद्यामीले अल्लो व्यवसायबाट राम्रो आम्दानी गरेका हुन् । अल्लो व्यवसायबाट आफू पनि रोजगारी बन्ने र अरुलाई समेत रोजगारी दिने उद्देश्यले पाँच वर्षदेखि अल्लो व्यवसाय सञ्चालन गरिएको अल्लो कपडा उद्योगकी सञ्चालिका तीर्था पुनको भनाइ छ । उनका अनुसार पछिल्लो समय अल्लो कपडाको माग सोचभन्दा राम्रो बन्दै गएकाले अल्लो कपडा बिक्रीबाट वार्षिक रु १० लाखसम्मको आम्दानी हुने गरेकोे बताइएको छ ।
बर्सेनि ग्रामीण भेगको जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन र सदुपयोगबाट यहाँका महिला अल्लो व्यवसायमा लागेका छन् । विशेषगरी रुकुम पूर्वको ग्रामीण भूभागमा अल्लोको उत्पादन र सङ्कलन बढी हुने गर्दछ । अल्लोको रेसाबाट बनाइएका कपडा चम्किलो र टिकाउ हुने भएकाले अल्लो कपडाको माग बर्सेनि बढ्दै गएको छ । अल्लो व्यवसायबाट राम्रो आम्दानी हुने देखिएपछि रुकुम पूर्वको रुकुमकोटमा पनि छिपखोला अल्लो कपडा उद्योगले केही महिलालाई रोजगारी दिएर अल्लो व्यवसाय उद्योग सञ्चालनमा ल्याएको छ ।
त्यस्तै यहाँको सल्लेस्थित अल्लो कपडा उद्योगमा पनि हाल दुई महिलाले रोजगारी पाएका छन् । अल्लो उद्योगमा रोजगारी पाएसँगै घरपरिवार धान्नसमेत सजिलो भएको उद्योगमा आबद्ध निमा पुनको भनाइ छ । आयआर्जनको मुख्य स्रोत मानिएको अल्लो कपडाको प्रयोगले जाडोमा तातो र गर्मी समयमा न्यानो हनुका साथै चर्मरोग नियन्त्रण तथा उच्च रक्तचाप सन्तुलन हुने विश्वास रहेको छ ।
यहाँको अल्लो उद्योगले विभिन्न ठाउँबाट अल्लोको रेसा प्रतिकेजी रु एक हजारका दरले खरिद गर्दै आएको छ । विशेषगरी अल्लो कपडा कोट, झोला र टोपीका लागि प्रयोगमा आउने गरेको छ । यहाँ बनाइएको अल्लो कपडा जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार