नेकपा को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घले पायो पूर्णता
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १९:४८:३६
५ चैत, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल कैलालीले पूर्णता पाएको छ । जिल्ला कमिटी ८१ सदस्यीय बनाइएको छ भने १३ वटै स्थानीय तहका संयोजक तथा सहसंयोजकसमेतले पूर्णता पाएको जनाइएको छ । युवा सङ्घ नेपालका संयोजक राजेन्द्र बम र सहसंयोजक वसन्तसिंह कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार सर्वपक्षीय छलफल र सुझावबमोजिम जिल्ला कमिटी तथा स्थानीय तहको नेतृत्व चयन गरिएको हो ।
यस्तै धनगढी उपमहानगरपालिकाको संयोजकमा विष्णु केसी र सहसंयोजक दिनेश बम, गोदावरी नगरपालिकाको संयोजकमा विक्रम विष्ट र सहसंयोजक दुर्गा अधिकारी, गौरीगङ्गा नगरपालिकाको संयोजकमा डेविट कठायत र सहसंयोजक रवीन्द्र मल्ल, टीकापुर नगरपालिकाको संयोजकमा उमेश तुलाचन र सहसंयोजकमा छत्र कार्की, भजनी नगरपालिकाको संयोजकमा सुरेन्द्र जैशी र सहसंयोजकमा भरत चौलागाई तथा चुरे गाउँपालिकाको संयोजकमा राम भाट सहसंयोजकमा प्रकाश सोव चयन भएका छन् ।
त्यसैगरी घोडाघोडी नगरपालिकाको संयोजकमा होम तामाङ र सहसंयोजक सन्तोष चौधरी, बर्दगोरिया गाउँपालिकको संयोजकमा कमल सुनार र सहसंयोजकमा रामचन्द्र कठरिया, लम्की चुहा नगरपालिकाको संयोजकमा सन्तोष ओली र सहसंयोजकमा केशव शर्मा, जानकी गाउँपालिकाको संयोजकमा प्रेमराज भाट र सहसंयोजकमा सञ्जय चौधरी, कैलारी गाउँपालिकाको संयोजकमा प्रकाश चौधरी र सहसंयोजकमा सञ्जय चौधरी, मोहन्याल गाउँपालिकाको संयोजकमा दिनेश बुढामगर र सहसंयोजकमा गणेश बमलाई चयन गरिएको राष्ट्रिय युवा सङ्घ नेपाल कैलालीका संयोजक बमले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार