कर्णाली नदीमा साना माछा मार्न रोक
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २०:२२:४
५ चैत, दैलेख । पश्चिम आठबिस नगरपालिकाले कर्णाली नदीमा साना माछा मार्न रोक लगाएको छ । नगरपालिकाले इलाका प्रहरी कार्यालय र राकम कर्णाली जलचर संरक्षण समूहसँगको समन्वयमा माछा मार्न रोक लगाएको हो ।
नगरपालिकाकाले यही चैत १ मा सूचना जारी गर्दै साना तथा भुरा माछा मार्न रोक लगाएको जनाएको छ । जारी सूचनामा भनिएको छ, “नदीमा साना माछा मार्दा माछा नै लोप हुने देखिएकाले साना माछा नमार्नु होला ।” नगरपालिकाको जलचर संरक्षण ऐन २०७५ साना माछा मार्न रोक लगाएको नगर उपप्रमुख दीपा बोहराले बताएका छन् । माछा व्यवसायी वा अन्य कसैले साना माछा मारेमा जरिवानासँगै माछा मार्ने सबै सामग्री जफत गरिने बताइएको छ ।
नगरपालिका क्षेत्रमा पर्ने दही खोलादेखि रामाघाटसम्मको कर्णाली नदीमा साना माछा मार्न रोक लगाइएको हो । ठूलो प्वाल भएको जाल तथा साना माछा मार्न प्रयोग हुने सामग्री खरिद बिक्रीसमेत नगर्न आग्रह गरिएको छ । साना माछा मारेको पाइएमा पहिलोपटक रु पाँच हजार भने दोस्रो पटक रु १० हजार र तेस्रोपटक रु १५ हजार जरिवाना गरिने उपप्रमुख बोहराले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार