११ र १२ कक्षाकालागि संस्कृत भाषाको पाठ्यक्रम निर्माण हुँदै
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २१:४८:४०
५ चैत, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहमा पहिलोपटक वास्तु विषयको अध्यापन गराउने उद्देश्यले पाठ्यक्रम निर्माण शुरु गरेको छ । पाठ्यक्रम निर्माण गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक श्रीकृष्ण अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिमा डा खिलानाथ बस्ताकोटी, उप प्रा पुरुषोत्तम भट्टराई र वासुदेवकृष्ण शास्त्री सदस्य छन् । नेपालमा प्राचीन गुरुकुलकालीन शिक्षा पद्धतिमा वास्तुको अध्यापन हुने गरे पनि शैक्षिक तहमा औपचारिकरुपमा आगामी शैक्षिक सत्र २०७७ देखि अध्यापन गर्ने तयारी स्वरुप पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । यसअघि नेपाल संस्कृत विश्वविद्यालयको शास्त्री र आचार्य तहमा सिद्धान्त तथा फलित ज्योतिष विषयमा ३० पूर्णाङ्कसम्मको वास्तुसम्बन्धी अध्यापन हुन्थ्यो ।
पछिल्लो समय राजधानीलगायत मुख्य मुख्य शहरमा वास्तुलाई पछ्याउँदै घर, भवनलगायत संरचना बनाउने क्रम बढेको छ जसका कारण धेरै ज्योतिषीले वास्तुसमेत हेर्न थालेका थिए । यस क्षेत्रमा दक्ष जनशक्ति नभएका कारण विभिन्न समस्या आएको गुनासो बढेपछि औपचारिकरुपमा पाठ्यक्रम निर्माण भइरहेको सदस्य भट्टराईले बताएका छन् ।
संस्कृत मावि एवं वेद विद्याश्रमका लागि कक्षा ११ र १२ अध्यापन गराउने गरी संस्कृत भाषाको पाठ्यक्रम निर्माण गर्न लागिएको उनले बताएका छन् । पाठ्यक्रममा प्राचीन वास्तु, गृह, भवन, मन्दिर (प्रासाद) निर्माण, चिनियाँ वास्तु पद्धति फेङ सुईलगायत विषय वस्तु समावेश हुने जनाइएको छ ।
केन्द्रका सूचना अधिकारी गणेश भट्टराई आगामी साउनदेखि अध्यापन हुने गरी पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुगेको बताउछन् । संस्कृत र नेपाली दुवै भाषामा पाठ्यक्रम एवं पुस्तक प्रकाशन गरी अध्यापन गराउन चाहने संस्कृत तथा साधारण दुवै लागू गर्न सक्ने उनले बताएका छन् । प्राचीन निर्माण पद्धतिलाई पूर्णरुपमा लागू गरेमा बलियो संरचना बनाउन सकिने वास्तुशास्त्री शिवप्रसाद पोखरेल बताउछन् ।
यस विषयमा बृहत्संहिता, विश्वकर्मा प्रकाशलगायत ग्रन्थमा चर्चा गरिएको उनले जानकारी दिएका छन् । माध्यमिक तहको कक्षा ११ र १२ का लागि सिद्धान्त र फलित ज्योतिषको पाठ्यक्रम गत वर्ष नै निर्माण भइसकेको छ । दुवै विषयको अध्यापन चालु शैक्षिक सत्रदेखि नै शुरु भइसकेको केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार