स्थानीय पाठ्यक्रम लागू गर्दै बूढानीलकण्ठ
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २२:११:११
५ चैत, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विसं २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू गर्ने जनाएको छ ।
स्थानीयस्तरमा रहेका मूल्यमान्यता, कलासंस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताएका छन् । सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायत सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाका प्रवक्ता नवराज भण्डारीले बताएका छन् ।
उक्त पुस्तकको नाम ‘हाम्रो बूढानीलकण्ठ’ रहेको नगरपालिकाले जनाएको छ । विद्यालयका शिक्षक, स्थानीय र जनप्रतिनिधिबीच छलफल र सहमति भई रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाइ गरिने जनाइएको छ । नगरपालिकामा १९ संस्थागत १११ सामुदायिक विद्यालय गरी १३० विद्यालय छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार