भूतपूर्व गोर्खा सैनिकको लागि बेलायतमा स्वयंसेवी अभियान
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २२:३०:३४
५ चैत, काठमाडौं । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारको बाक्लो बसोबास रहेको अल्डरशट, फार्नबरो क्षेत्रमा खासगरी वृद्धवृद्धालाई मद्दत गर्न स्वयंसेवा शुरु गरिएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न बेलायती सरकारले जनतालाई भीडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसँंग सम्बद्ध पदाधिकारीले त्यस्तो पहल शुरु गरेका हुन् ।
कोरोनाबाट आफू बच्न र अरुलाई बचाउन खासगरी वृद्धवृद्धालाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयंसेवी अभियान शुरु गरिएको समाजसेवी विक्रम भट्टराईले बताएका छन् । उक्त समूहले यदि कोही क्वारन्टाइनमा भए र घरमा सामान सकिएको छ भने किनमेल गरेर ढोकामा राखिदिने, तिनलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिइरहने र आवश्यक साधारण औषधि किनेर ढोकामा राखिदिनेलगायत सहयोग गर्ने गरेको छ । समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयंसेवीको सङ्ख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्लीलगायत क्षेत्रमा पनि सेवा विस्तार गरिने जनाइएको छ ।
स्वयंसेवी भीम बानियाँले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको बताएका छन् । “ १११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ ”, उनको तर्क छ । समूहमा महिला स्वयंसेवीको पनि सक्रिय सहभागिता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार