गुल्मीमा २८ जना एसइई परीक्षाका लागि अयोग्य
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २३:२१:९
५ चैत, गुल्मी । जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २८ छात्रछात्रा सहभागी हुन नपाउने भएका छन् । कतिपय विद्यार्थीले परीक्षाका लागि विद्यालयमा आवेदन फाराम नभरेको, बीचैमा पढाइ छाडेको र नियमित उपस्थित नहुँदा ७० प्रतिशत हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सहभागी हुन अयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले बताएका छन् । यसरी अयोग्य विद्यार्थीमा १८ छात्रा र १० छात्र छन् ।
बिहीबारदेखि सञ्चालन हुन लागेको एसइई परीक्षामा यसपटक जिल्लाका १४५ विद्यालयका चार हजार ७०७ विद्यार्थी सहभागी हुने भएका छन् । कार्यालय प्रमुख ज्ञवालीका अनुसार परीक्षामा नियमिततर्फ चार हजार ६२८ र आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ ७९ जना छन् । परीक्षमा सहभागी हुनेमध्ये छात्रा दुई हजार ५१५ तथा छात्र दुई हजार १९२ जना छन् ।
यही चैत १७ गतेसम्म सञ्चालन हुने यस वर्षको परीक्षामा प्राविधिक शिक्षातर्फ जिल्लामा सञ्चालित १६ विद्यालयमध्ये छ विद्यालयका विद्यार्थी मात्र सहभागी हुने शिक्षा विकास एकाइ गुल्मीका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिएको छ । उनका अनुसार यस वर्षको एसइईमा छ विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । परीक्षा सञ्चालनका लागि जिल्लाभित्र २६ परीक्षा केन्द्र निर्धारण गरिसकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार