केटाकेटीले खेलाउँदै गरेको आगोबाट चार घर धाेस्त
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २३:३०:५२
५ चैत, खाेटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । केटाकेटीले खेलाउँदै गरेको आगो हावाले उडाएर घरमा पुग्दा स्थानीयवासी लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो ।
आगलागीमा झनबहादुरको अनुमानित रु आठ लाख, लोकेन्द्रको रु पाँच लाख, जोखेको रु पाँच लाख र सीतादेवीको करीब रु चार लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट विस्थापितलाई आज नगरपालिकाले खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको छ ।
आगलागी पीडितलाई नगरपालिकाका तर्फबाट प्रतिघर २० केजीका दरले चामल, दाल, नून, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बललगायत राहत सामग्री प्रदान गरिएको नगर प्रमुख इवन राईले बताएका छन् । सल्लेस्थित वडास्तरीय विपत् व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्निपीडित प्रतिपरिवार रु तीन हजारका दरले राहत रकमसमेत प्रदान गरेको जनाइएको छ ।
स्थानीय दूधकोशी युवा क्लबले पनि आगलागीबाट विस्थापित परिवारलाई अस्थायी आवास एवं खाद्यान्न सहयोग गरेको छ । आगलागीमा धनमाल नष्ट भएपछि स्थानीयवासीको बिचल्ली भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मङ्गलबार अपराह्न भएको आगलागी स्थानीयवासीले साँझ मात्र नियन्त्रणमा लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार