पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन : सबै अदालत बन्द
नेपालबहस संवाददाता
चैत ५, २०७६ बिहिबार ०:१२:३४
५ चैत, ककाठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको आज भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उहाँको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।
धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मनुभएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए । उनी उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार