चितुवाबाट ज्यान गुमाउनेको परिवारले पाए राहत
नेपालबहस संवाददाता
चैत ५, २०७६ बिहिबार ०:२९:५५
५ चैत, तनहुँ । माघ १३ गते चितुवाको आक्रमणबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत रकम प्रदान गरेको छ ।
कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाउने बालकको परिवारलाई आज घरमै पुगेर राहत रकमबापतको रु नौ लाख ५० हजारको चेक प्रदान गरेको हो । कार्यालयका प्रमुख केदार बराल र बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्तरुपमा उक्त चेक मृतकका बाबु सुकबहादुर सुनार र आमा पवित्रा सुनारलाई हस्तान्तरण गरेका छन् । कार्यालयले घटना लगत्तै किरिया खर्चबापत रु ५० हजार र बन्दीपुर गाउँपालिकाले रु ५० हजार उपलब्ध गराएको थियो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (शोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु दश लाखसम्म उपलब्ध गराउने नीतिबमोजिम पीडित परिवारलाई राहत रकम प्रदान गरिएको बरालले जानकारी दिएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले अझै पनि यस क्षेत्रमा चितुवाको त्रास रहेकाले अभिभावकले विशेष ख्याल गर्नुपर्नेमा जोड दिँदै भने, “साँझको बेलामा बालबालिकालाई बाहिर निस्कन नदिऔँ ।”
डिभिजन वन कार्यालयका प्रमुख बरालले जिल्लाका विभिन्न ठाउँमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुने र घाइते हुने क्रम रहेकाले बालबालिका जोगाउन अभिभावकले ध्यान दिनुपर्नेमा बरालले जोड दिएका छन् ।
गत माघ १३ गते आमासँग विवाह भोज खाएर फर्कदै गरेको अवस्थामा चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको थियो । घर नजिकै पुग्ने बेलामा आक्रमणमा परेको बालकको शव घरभन्दा ८० मिटर टाढा खोल्सामा फेला परेको थियो ।
दुई दिन अघि चैत ३ गतेमात्रै चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा २१ महीनाकी संस्कृति न्यौपाने घाइते भएकी थिइन् । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ । त्यस्तै फागुन २८ गते चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा ७ वर्षीय अनुप नेपाली घाइते भएका थिए । उनको पनि अवस्था सुधारोन्मुख छ ।
चितुवाको आक्रमणबाट तनहुँमा विसं २०७४ फागुन यता नौ बालबालिकाले ज्यान गुमाएका छन् । तीमध्ये सात जना बालबालिकालाई राहतबापतको रकम प्रदान गरिएको र शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रवीन नेपाली र आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगरको परिवारलाई राहत प्रदान गर्न बाँकी रहेको डिभिजन वन कार्यालय तनहुले जनाएको छ । बाँकी दुई बालकको परिवारलाई पनि छिट्टै राहतबापतको रकम प्रदान गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार