कोभिड– १९ बाट बच्न शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन निर्देशन
नेपालबहस संवाददाता
चैत ५, २०७६ बिहिबार २:११:३६
५ चैत काठमाडौं । संयुक्त राष्ट्रसङ्घले कोभिड– १९ सम्भावित सङ्क्रमणबाट जोगिन शान्ति सैनिकलाई नियन्त्रणात्मक र निषेधात्मक उपाय अवलम्बन गरी उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।
संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कबाट सतर्कता अपनाउन निर्देशन प्राप्त भएको र सैनिक मुख्यालय जङ्गीअड्डाबाट समेत शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकलाई निरन्तर आवश्यक निर्देशन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
विश्वव्यापीरुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमणबाट जोगिन शान्ति मिसनमा तैनाथ नेपाली सेनाद्वारा सचेतना कार्यक्रम र सङ्क्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ । हाल विश्वका ११ वटा मुलुकमा पाँच हजार १०१ जना नेपाली शान्ति सैनिक कन्टिन्जेन्ट र सैनिक पर्यर्वेक्षण कार्यमा संलग्न रहेको सेनाले जानकारी दिएको छ ।
सङ्क्रमणको जोखिमको मूल्याङ्कन गरी नेपाली शान्ति सैनिकद्वारा आफ्ना कार्यसञ्चालन तथा अन्य गतिविधि सीमित गरिएको एवं स्थानीय बासिन्दालाई समेत लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । दक्षिण सुडानले एशियाली पाँच मुलुक जनवादी गणतन्त्र चीन, भारत, कम्बोडिया, दक्षिणकोरिया र नेपालका शान्ति सैनिकको हवाई आवागमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिक तयारी हाललाई स्थगन भएको छ ।
सेनाले मिसनमा तैनाथ हुन जाने शान्ति सैनिकलाई तैनाथ पूर्वसचेतना कार्यक्रम सञ्चालन गर्ने, आवश्यक मेडिकल उपकरण र जनशक्तिको व्यवस्था गर्ने काम गरिरहेको छ । स्वास्थ्य परीक्षण गरी कोरोनामुक्त भएको यकीन गरेपछि मात्र मिसनमा तैनाथ गर्नका लागि आवश्यक व्यवस्था मिलाएको जानकारी राष्ट्रसङ्घ मिसन हेडक्वार्टरमार्फत दक्षिण सुडान सरकारलाई गराइसकेको सेनाले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
कात्तिक २१, २०८१ बुधबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा
कात्तिक २१, २०८१ बुधबार
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
कात्तिक २१, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै
कात्तिक २१, २०८१ बुधबार
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त खुल्यो
कात्तिक २१, २०८१ बुधबार