जमुनाह नाकामा लगाइयो सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १२:३९:१९
६ चैत, नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । दुवैदेशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् ।
नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । सवारीसाधन सचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । अहिले भारतबाट घर फर्किने नेपालीको सङ्ख्या उल्लेखनीय मात्रामा रहेको छन् । त्यस्तै नेपालगञ्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिक पैदल आउन बाध्य भएका छन् ।
यसअघि भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशङ्कामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको थियो । यहाँ बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधबारदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो । बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षणसमेत गरिरहेका छन् ।
अर्कोतर्पm, कोरोना भाइरसको कारण बाँकेको व्यापार, व्यवसाय पनि प्रभावित भएको छ । बाँकेको सदरमुकाम नेपालगञ्जमा आवतजावत गर्नेको सङ्ख्या घटेपछि यहाँको व्यापार, व्यवसाय प्रभावित बनेको हो । मूलतः भारतबाट आउने पर्यटकको आगमन शून्यमा झरेको, आन्तरिक पर्यटकको सङ्ख्या पनि ह्वात्तै घटेको, होटल, रेष्टुराँ र सार्वजनिकस्थलमा मानिसको उपस्थिति पातलिँदै गएपछि यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।
कोरोनाका कारण बाँकेको होटल व्यवसायमा सबैभन्दा बढी प्रभाव परेको छ । नेपाली तथा विदेशी पर्यटकले चल्दै आएको बाँकेको होटल व्यवसाय सरकारले विदेशीलाई प्रवेश निषेध तथा जिल्लामा कुनै पनि सभा सम्मेलन, कार्यक्रम नगर्नका लागि आग्रह गरेकाले अहिले होटल व्यवसायको कारोवार प्रायःठप्प जस्तै छ ।
“हाम्रो कारोवार ८० प्रतिशत बढीले घटेको छ । यस्तो अवस्थालामो समयसम्म रहिरहे बैंकको ऋण निखन्न पनि धौधौ पर्ने देखिन्छ”, होटल व्यवासायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले भने । तर, यहाँको व्यापार व्यवसायमा प्रतिकूल प्रभाव परे पनि भारतबाट आउने मालसामान भने रोकिएका छैनन् ।
भारतबाट आउने मालसामानमा भने कुनै कमी आएको छैन । सीमानाकामा आवतजावतमा कडाइ भए पनि सामान आयातनिर्यातमा भने कुनै कमी नआएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । “भारतबाट मालसामान आयतमा वृद्धि भएकाले अहिले विगतको भन्दा दैनिक रु एक करोड बढी राजश्व सङ्कलन भइरहेको छ”, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार