सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष’ स्थापना
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १७:२४:१८
६ चैत, जनकपुर । कोभिड – १९ को जाँच गर्न प्रदेश नं २ का नेपाल भारत सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष स्थापना’ गरिएको छ । स्वास्थ्य निर्देशनालय अनुसार वीरगञ्जको रक्सौल, रौतहटको बैरगनिया, सर्लाहीको सोनवर्षा, महोत्तरीको भिठ्ठामोर र मटिहानी, धनुषाको जटही, सिरहाको माडर र ठाडी तथा सप्तरीको कुनौली र छिन्नमस्तालगायतका नाकामा ती कक्ष सञ्चालनमा ल्याइएको हो ।
यस्तै प्रदेशभित्रका अस्पतालमध्ये नारायणी, वीरगञ्ज अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, नेशनल मेडिकल कलेज वीरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर र प्रादेशिक अस्पताल जनकपुरमा ‘आइसोलेसन वार्ड’को व्यवस्था गरिएको जनाइएको छ ।
निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा विजय झा प्रदेशभित्रका नाकाबाहेक बढी जमघट हुने स्थल जानकी मन्दिर, बसपार्क र विमानस्थलमासमेत स्वास्थ्य कक्ष राख्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
सो भाइरस रोकथामका लागि प्रदेशभित्र उच्चस्तरीय अनुगमन तथा तत्काल सहायताका लागि विज्ञ चिकित्सक, प्रदेशस्तरका विश्वस्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र राष्ट्र संघीय बालकोष सहितका प्रतिनिधिको समिति पनि गठन गरिएको बताइएको छ । भाइरस सङ्क्रमण आशङ्का लागेका व्यक्तिका लागि क्वारेन्टाइन स्थापनाका लागि स्थानको खोजी भइरहेको पनि जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार