कर्णालीमा भारतबाट फर्किनेको चौबिसै घण्टा उच्च सर्तकता
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १७:५२:२
६ चैत, सुर्खेत । कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईमा सञ्चालित स्वास्थ्य सहायताकक्ष ‘हेल्थ डेस्क’ मा छिमेकी मुलुक भारतबाट फर्किनेको जाँचमा निगरानी बढाइएको छ । भारतमा कोरोना भाइरस ‘कोभिड–१९’ बाट सङ्क्रमित बिरामी बढ्दो क्रममा रहेपछि कर्णाली सरकारले उच्च सतर्कता अपनाइ जाँच गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।
भारतसँगको खुला सिमानाका कारण सङ्क्रमितहरु सहज आउन सक्ने भएकाले चौबिसै घण्टा उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि रोजगारीका क्रममा त्यहाँ रहेकाहरु धमाधम घर फर्कन थालेका छन् । यसले गर्दा नेपालगञ्ज–सुर्खेत ‘रत्न राजमार्ग’ मा यात्रुको चाप बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले रत्न राजमार्गको बबईबाट दैनिक १०० बढी यात्रु भारतबाट फर्कने गरेका बताए ।
बबई हेल्थ डेस्कमा बुधबार थप ३२ स्वास्थ्यकर्मी पठाइएको छ । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता विष्णुप्रसाद अधिकारीले यात्रुको चाप बढी रहेकाले छिटो–छरितो एवं प्रभावकारी जाँच गर्न स्वास्थ्यकर्मी र ज्वरो जाँच गर्ने उपकरण पठाइएको जानकारी दिए।
मन्त्रालयले आज २६ नर्सिङ स्टाफ खटाउने तयारी गरेको छ । कर्णालीबाट रोजगारीका लागि भारतीय शहर जानेको सङ्ख्या अत्यधिक रहेकाले उनीहरु सङ्क्रमित भएर फर्कन सक्ने हुँदा जाँचमा उच्च सतर्कता अपनाइएको निमित्त सचिव अधिकारीको भनाइ छ । त्यस्तै, कोरोना भाइरसका बिरामीलाई लक्षित गरेर कर्णाली प्रदेश अस्पतालमा पाँच आइसोलेसन तथा २० क्वारेन्टाइन श्यया तयारी अवस्थामा राखिएको छ ।
प्रदेश सरकारले बबईका साथै उत्तरी छिमेकी मुलुक चीनसँग सीमा जोडिएको उत्तरी नाका हुम्लाको हिल्सा, राप्ती राजमार्गमा पर्ने सल्यानको कपुरकोट, सुर्खेत विमानस्थल र पश्चिम सुर्खेतको कुइनेमा हेल्थ डेस्क स्थापना गरेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत विमानस्थलमा दैनिक ४५, बबई नाकामा दैनिक तीन हजार, हुम्ला विमानस्थलमा दैनिक ४०, पश्चिम सुर्खेतको कुइनेबाट दैनिक ६०, सल्यानको कपुरकोट नाकाबाट दैनिक एक हजार जना यात्रुको ज्वरो, रुघाखोकी जाँच गर्ने गरिएको छ ।
यसैबीच, कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका दुई जनामा सङ्क्रमण नभएको पाइएको छ । प्रदेश अस्पतालमा भर्ना भएका ३७ वर्षीय र अर्का एक दुई वर्षीय बालकको नमूना परीक्षण गर्दा नेगेटिभ भएको पाइएको हो । अस्पतालका चिकित्सक नवराज केसीका अनुसार विदेशीसँग सम्पर्कमा रहेका शङ्कास्पद ती बिरामीमा ‘माइनर फ्लु’ देखिएकाले कोरोना भाइरस परीक्षणका लागि पहिलोपटक केन्द्रीय प्रयोगशालामा नमूना पठाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार