काठमाडौं महानगरलाई सुन्दर बनाउन प्रभु बैंकले सहयोग गर्ने
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १८:१:१९
६ चैत्र, काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच सुन्दर महानगर बनाउने सम्झौता सम्पन्न भएको छ । सो सम्झौता अनुसार काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तीनधारा संस्कृत पाठशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैंचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने-रेखदेख गर्ने, सोको संचालन तथा शहरी सौन्दर्यकरण कामका लागि सम्झौता सम्पन्न भएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको उपस्थितिमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौं महानगरपालिकाका तर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्य गर्न लागेको बैंकले जानकारी दिएको छ ।
नेपालभर २०८ शाखा सञ्जाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ्ग सेवा तथा १५८ एटीएम आउटलेट रहेको प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा उल्लेख्य योगदानका साथै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक र विश्वसनीय सेवा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार