सिञ्जा गाउँपालिका अध्यक्षमाथि कुटपिट
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १८:४१:५२
६ चैत, जुम्ला । सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी कुटपिट गरेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएका छन् । “ कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्माले प्रवेश गरेर लठ्ठीले प्रहार गरेका थिए । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ । ” उनले भने ।
प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिनुभयो । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताएका छन् । उनले “मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन । ”
यहाँको हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन गर्नकै लागि किन समिति गठन भयो र बालुवा गिट्टी कहाँ गइरहेको छ भन्ने विषयमा चासो बढेको छ । गाउँपालिकामा जथाभावी नदीजन्य वस्तु उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको छ्रैन । समस्या बढ्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार