उखु अभावले सर्लाहीका चिनी उद्योग धमाधम बन्द
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १९:०:२८
६ चैत, सर्लाही । हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ । गत वर्ष वैशाख दोस्रो हप्तासम्म चलेको चिनी उद्योग यस वर्ष चैत पहिलो साता नै बन्द हुने भएको हो ।
सर्लाही, महोत्तरी, रौतहट र बाराको गरी कूल २२ हजार क्षेत्रफलको उखु किसानले इन्दु शङ्करसहित जिल्लाका अन्य चिनी मिलका साथै छिमेकी जिल्लाका चिनी मिलसम्म पु¥याउने गरेका छन् । यस उद्योगले गत वर्ष ३५ लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा लक्ष्यभन्दा घटी उखु क्रसिङ भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताएका छन् । यस वर्ष पनि ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्यका साथ माघ ११ गतेबाट सञ्चालन भएको उद्योगले अहिलेसम्म २६ लाख ५० हजार क्विन्टल मात्र उखु क्रसिङ गरेको र उद्योगको रेकर्डमा रहेको जग्गाको क्षेत्रफलअनुसारको उखु सकिएको भन्दै उद्योग चैत पहिलो साता नै क्रसिङ सकिएकाले उद्योग बन्द गर्ने तयारीमा रहेको प्रबन्धक रजकले बताएका छन् ।
उनका अनुसार तेस्रो चरणको सूचना प्रकाशितसमेत भइसकेको छ । अबको दुई÷तीन दिनभित्रमा उद्योग बन्द गर्ने गरी किसानको खेतमा बाँकी रहेको जे–जति उखु छ त्यो उद्योगसम्म ल्याउन उद्योगले सूचना जारी गरेको जनाइएको छ । आवश्यकभन्दा कम उखु उद्योगमा आएका कारण पछिल्लो समयमा दिनको केही घण्टा मात्र उद्योग चल्ने गरेको प्रबन्धक रजकले बताएका छन् । दिनमा दुई/चार घण्टा मिल सञ्चालन गर्दा उद्योग मारमा पर्ने भएका कारण उद्योग चाँडै बन्द गर्न लागेको रजकले बताएका छन् ।
किसानले पाउनुपर्ने भुक्तानी तथा अनुदान नपाएको भन्दै किसानले पछिल्लो समयमा उखुखेती कम गर्न थालेपछि लक्ष्यअनुसार उखु नआएको उद्योगले जनाएको छ । ऋण गरेर किसानले गरेको उखुखेतीको समयमै भुक्तानी तथा अनुदान नपाउँदा किसानको उखुखेतीप्रति मनोबल कमजोर भएको र अरु खेतीतर्फ किसान आकर्षण हुन थालेको जानकारले बताएका छन् । जिल्लामा तीन चिनी उद्योग भए पनि एउटा गत वर्षको अनुदान र भुक्तानी नै बाँकी रहेका कारण यस वर्ष सञ्चालन नै हुन सकेन भने एउटा केही दिन पहिला नै बन्द भइसकेको छ । इन्दु शङ्कर चिनी उद्योग पनि लक्ष्यअनुसार उखु क्रसिङ नभएपछि चाँडै बन्द हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार