जलेश्वरमा मदिरा बेच्न प्रतिबन्ध
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १९:०:१४
६ चैत्र, जलेश्वर । महोत्तरी सदरमुकाम जलेश्वरमा आजदेखि लोकल खुला मदिरा बेचबिखनमा प्रतिबन्ध लगाइएको छ । एक साताअघि लोकल खुला मदिराको सेवनबाट धनुषामा १७ जनाको मृत्यु भएकाले प्रशासनले सरोकारवालासँग बसेर निर्णय गर्दै आजदेखि जलेश्वर नगरपालिका र वरपरका सबै बजारमा लोकल खुला मदिरा बिक्री वितरण तथा उत्पादनमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
धनुषामा १७ जनाको ज्यान जानुका साथै जिल्लाकै मनरा नगरपालिका– १ मा विगत तीन दिनमा अचानक पाँच जनाको मृत्यु भएकामा ती मृत्यु पनि मदिरा सेवनबाटै भएको हुनसक्ने आशङ्का गर्दै जलेश्वर र वरपरका सबै हाट बजार तथा गाउँ टोलमा आजदेखि लोकल खुला मदिरा बिक्रीवितरण तथा उत्पादनमा प्रतिबन्ध लगाइएको हो ।
प्रशासनिक प्रतिबन्धकाबीच लुकाइछिपाइ वा बेवास्ता गर्दै कुनै पनि होटल, व्यवसायी, उत्पादक वा सेवाग्राही समेतले खुला मदिरा बेचेको, उत्पादन गरेको, ओसारपसार गरेको वा सेवनसमेत गरेको पाइएमा कडाभन्दा कडा कानूनी कारवाही गर्ने निर्णयसमेत भएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार