‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १९:२१:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/sunrise-bank_x2sKzlyvHh.jpg)
६ चैत्र, काठमाडौं । सनराइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ ।
यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ । जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि विनाझण्झट विदेशमा फिर्ता लैजान सकिने बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । दुई देखि पाँच वर्ष अवधिका लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक चार प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ ।
विदेशमा पाइने ब्याजभन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकको विश्वास छ । यसका लागि विदेशबाटै अनलाइन खाता खोल्ने व्यवस्थासमेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताका आधारमा ग्राहकले ९० प्रतिशतसम्मको कर्जासमेत लिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
फागुन ५, २०८१ सोमबार