राष्ट्रियसभामा परीक्षण हुँदै सांसदको तापक्रम
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १९:२७:३५
६ चैत, काठमाडौं । कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन शुरु गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो ।
चिकित्सक टोलीले बैठकमा प्रवेश गर्नुपूर्व सांसदलाई तापक्रम मापन यन्त्र (टेम्प्रेचर गन) ले तापक्रम परीक्षण गरेर प्रवेश गराएको छ । सङ्घीय संसद्कै चिकित्सक टोलीले आजदेखि उक्त जाँच शुरु गरेको जनाइएको छ ।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सम्भावित जोखिमलाई ध्यानमा राखी विशेष सावधानी अपनाउन शैक्षिक संस्था बन्ददेखि, खेल मैदान, चलचित्रघर, हेल्थ क्लब, डान्सबार, स्विमिङ पुललगायतलाई आगामी वैशाख १८ सम्म बन्द गर्ने निर्णय गरेको थियो ।
कुनै पनि ठाउँमा अत्यावश्यक कामबाहेक सार्वजनिकस्थल, सांस्कृतिक केन्द्र, पार्टी प्यालेसलगायत स्थलमा २५ भन्दा बढी भेला तथा जमघट हुन नदिने निर्णयसमेत गरेको थियो । सरकारले सोही रोगको जोखिमलाई ध्यान दिँदै आजदेखि शुरु हुन लागेको एसइई परीक्षा तथा चैत महिनाभरमा सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार