आम्दानीको स्रोत बन्दै मौरीघार
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १९:४०:२०
६ चैत्र, लमजुङ । छिमेकी जिल्ला तनहुँ र कास्कीसँग सिमाना जोडिएका मध्यनेपाल नगरपालिका– १० हाँडीखोलाका ४७ वर्षीय कालु दुरा बिहानदेखि झमक्क साँझ पर्दासम्म घर वरिपरि नै लुटुपुटु गरिरहन्छन् । गाउँ छाडेर टाढा जाने फुर्सद त उनलाई हुँदैन नै केही दिनसम्म त गाउँघरमा घुम्नसमेत फुर्सद समेत हुँदैन । असिना पसिना हुनेगरी काम गरेको देखिँदैन तर उनको आम्दानी भने वर्षेनी लाखौँ रुपैयाँ हुन्छ । उनको रहर लाग्दो आम्दानीको बाटो भने मौरीपालन, मह र घार (गोला) बिक्री व्यवसाय नै हो ।
हाँडीखोलास्थित आफ्नै घरमा उनले विगत पाँच वर्षदेखि मौरीपालन गर्दै आएका छन् । मौरीपालनमा रम्दैजम्दै आएका उनले विशेष गरी मौरीको गोला (घार) र मह बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । वर्षेनी सयौँ घार र महको बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी भइरहेको उनले बताए । दुराका अनुसार गत वर्ष मात्रै ९० घार बिक्री भएका थिए । प्रतिघार रु आठ हजार ५०० का दरले बिक्रीबाट मात्रै रु सात लाख ६५ हजार आम्दानी भएको उनको भनाइ छ ।
त्यस्तै करिब १०० लिटर मह बिक्रीबाट प्रतिलिटर रु एक हजार १०० का दरले रु एक लाख बढी आम्दानी भएको दुराकी श्रीमती धनमायाले बताए । यस वर्ष १०० भन्दा बढी घार बिक्री गर्ने लक्ष्यका साथ काम गरिरहेको दुराको भनाइ छ । बिहानैदेखि मौरीको हेरचाह, स्याहार, चरनको व्यवस्था, पुराना घारबाट मौरी छुुट्याएर नयाँ मौरीघार बनाउने काममा दुरा परिवार खट्दै आएको छ ।
उनको यतिबेला ५४ घार मौरी छन् । तिनै घारबाट मौरी छुट्याएर नयाँ घारमा राख्दै बिक्री गरिने दुराको भनाइ छ । जिल्लाभित्र र बाहिरका धेरै ठाउँबाट मौरीघार र महको माग आउने भएकाले बजारको कुनै समस्या नभएको उनको भनाइ छ । यो व्यवसाय शुरु गरेदेखि हालसम्मको अवधिमा दुरालाई रु १४÷१५ लाख आम्दानी भइसकेको छ । घरपरिवारको पुरानो ऋण तिर्नाका साथै छोरालाई विदेश पठाउने लगायत काममा उक्त आम्दानीले ठूलो सहयोग पुगेको उनले बताए ।
दुराका अनुसार उनको व्यवसायलाई नगरपालिकाबाट गत वर्ष रु एक लाख अनुदान पाइएको थियो । जुन ठाउँमा जे व्यवसायको सम्भावना हुन्छ सोही व्यवसाय गर्नसके सफलता मिल्छ भन्ने सिकाइ दुराबाट भएको सोही वडाका वडाध्यक्ष रामचन्द्र भण्डारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार