मन्त्री डा. तुम्बाहाङ्फेद्धारा मौलिक हक नियमावली निर्माणमा तीव्रता
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २०:६:५६
६ चैत, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले मौलिक हक कार्यान्वयनका लागि नियमावली निर्माणलाई तीव्रता दिएको छ । नियमावली नबन्दा मौलिक हक कार्यान्वयन नभएको गुनासो बढेपछि मन्त्री तुम्बाहाङ्फेले कानूनसहित सम्बन्धित मन्त्रालयका सचिवलाई बोलाएर नियमावली निर्माणलाई तीव्रता दिन ताकेता गरेको हो । मौलिक हकसम्बन्धी ऐनअन्तर्गत बनाउनुपर्ने १६ मध्ये चार नियमावली नेपाल राजपत्रमा प्रकाशन भएका छन् ।
रोजगारीको हकसम्बन्धी, भूमिसम्बन्धी सत्रौँ संशोधन, उपभोक्तासम्बन्धी र सामाजिक सुरक्षा नियमावली राजपत्रमा प्रकाशन भएको छ । बालबालिकासम्बन्धी र वातावरण संरक्षणसम्बन्धित ऐनअन्तर्गतका नियमावलीको काम सम्पन्न भए पनि राजपत्रमा प्रकाशन गर्न बाँकी छ । अपाङ्गताको अधिकारसम्बन्धी पहिलो संशोधन नियमावली मन्त्रिपरिषद्मा पेश भएको छ ।
मौलिक हक कार्यान्वयनका ऐन बनाएको मन्त्रालयले ऐनअनुसार काम गर्नका लागि नियमावली बनाउन थालेको हो । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हक कार्यान्वयनका लागि ३१ मध्ये १६ मौलिक हकसम्बन्धी ऐन सरकारले बनाएको छ ।
जनस्वास्थ्य, सुरक्षित मातृत्व, आवास र खाद्य अधिकार तथा खाद्य सम्प्रभूता तथा व्यक्तिको गोपनीयता र अनिवार्य गोपनीयतासम्बन्धी ऐनको नियमावली निर्माण बाँकी छ । जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक सुरक्षा तेस्रो संशोधन ऐनको नियमावली भने आवश्यक नरहेको कानून मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार