सर्वोच्चमा शुक्रबारको दोस्रो सिफ्टको पेशी स्थगित
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २०:५६:१८
६ चैत्र, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन गरेको निर्णयअनुसार सर्वोच्च अदालतमा समेत अन्यौल सिर्जना भएको छ ।
प्रत्येक बुधबार मात्रै बस्ने सर्वोच्चको फुलकोर्ट बैठक यसै बिषयमा छलफलगर्न शुक्रबार बेलाइदै छ । शुक्रबार बस्ने फुलकोर्ट बैठकले त्यसपछिका केही समय बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक बाहेक अन्य मुद्दाको सुनुवाइ स्थगनको निर्णय गर्न सक्ने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । गत मङ्गलबार नेपाल बार एशोसिएशनले अदालतका अत्यावश्यक बाहेकका अन्य काम कारबाही स्थगित गर्न सर्वोच्च अदालतसमक्ष माग गरेको थियो । त्यस्तै सर्वोच्च अदालत बार एशोसिएशनले पनि अदालतका काम कारबाही स्थगन गर्न माग गरेपछि परिस्थिति अनुसार निर्णय गर्न सर्वोच्च अदालतले शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक बोलाइएको छ ।
मुद्दाको चाप घटाउन दुई सिफ्ट इजलास चल्दै आएको सर्वोच्चमा शुक्रबार भने दोस्रो सिफ्टको पेशी समेत स्थगित गरिएको सर्वोच्च जनाएको छ । हाल विश्वव्यापी बनिरहेको कोरोनाभाइरस संक्रमणको सम्भावित नियन्त्रणका लागि धेरैजसो देशहरूले आन्तरिक तयारीलाई तीव्र गरेका छन् । यो संक्रमणको त्रास फैलिएसँगै नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार