विशेष सेवाका कर्मचारीको उमेरहद ६० वर्ष
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २१:२०:३९
६ चैत, काठमाडौं । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट आज ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ ।
समितिको आज बसेको बैठकले विधेयक संशोधनसहित पारित गरेको समिति सभापति परशुराम मेघी गुरुङले जानकारी दिएका छन् । उनका अनुसार समितिले पारित गरेको विशेष सेवा विधेयकमा विशेष सेवामा कार्यरत कर्मचारीको उमेरहद ६० वर्ष बनाइएको छ । यसअघि उमेरको हदबन्दी ५८ राखिएकामा ६० वर्ष पु¥याइएको सभापति गुरुङले जानकारी दिएका छन् । समितिले पास गरेको विधेयक आजै राष्ट्रियसभामा पेश गरिनेछ ।
उनले विशेष सेवा भन्नाले आफैमा पनि विशेष तरिकाले सरकारका सूचना सङ्कलन गर्ने र सूचना दुरुपयोग भयो भने त्यही खालको सजाय दिनुपर्ने भएकाले त्यस्ता सूचना चुहाउनेलाई कठोर सजायको व्यवस्था गरिएको बताएका छन् । राष्ट्रको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानमा खलल पर्ने किसिमको अति गोप्य सूचना कुनै प्रलोभनमा परी वा नपरी अनधिकृत व्यक्तिलाई थाहा दिएमा वा त्यस्ता सूचनासँग सम्बन्धित अति गोप्य कागजातको बेचबिखन गरी गोप्यता भङ्ग गरेमा जन्मकैदसम्मको व्यवस्था गरिएको सभापति गुरुङले जानकारी दिएका छन् । उनले कसुर हेरेर विधेयकमा सजायको व्यवस्था गरिएको बताएका छन् ।
यसैगरी विधेयकमा फोन ट्यापिङ राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डतादेखि खासखास कुरामा मात्र गर्न पाइने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । जो कोहीले फोन ट्यापिङ गर्ने नभई अनुसन्धान अधिकृतले मात्र पाइने व्यवस्था गरिएको सभापति गुरुङले बताएका छन् । त्यो फोन ट्यापिङ गर्न आधार र अभिलेखीकरण हुनुपर्ने छ । कुनै अदालतमा फोन ट्यापिङलाई प्रमाणका रूपमा प्रयोग गर्न नपाइने र फोन ट्यापिङको दुरुपयोग गरेको खण्डमा दण्ड सजायको व्यवस्था गरिएको उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार